‘सहज र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको कामकाजलाई अगाडि बढाएको बताउनुभयो ।
दोर्दीमा ज्येष्ठ नागरिक सम्मानित
लमजुङको दोर्दी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । जाडोको समयमा जेष्ठ नागरिकलाई गाउँपालिकाले न्यानो सिरक तथा कपडासहित ज्येष्ठ नागरिकलाई सम्मानित गरेको हो ।
सामान्य अङ्कले बढ्यो नेप्से
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो ।
बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।
भीमा एकादशीमा गरियो रुद्री पाठ र होम यज्ञ
दोलखाको भीमेश्वर नगरपालिका –२ ऐतिहासिक सहरमा रहेको भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समिति साथीका लागि साथी समूख काठमाडौंले आयोजना गरेको धार्मिक कार्यक्रमगरी आज भीमा एकादशी मनाइएको छ ।
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ ।
अनेरास्ववियुमा अध्यक्ष पदका आकांक्षी बढ्दै
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको २३ औँ महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुँदैछ ।
चार हजार ६३३ परिवारलाई गरिब परिचयपत्र दिइँदै
पाल्पामा गरिब पहिचान भएका चार हजार ६३३ परिवारलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । पाल्पाका दश पालिकामा गरिब पहिचान भएकाहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको स्थानीय तहहरूले जनाएका छन् ।
वृद्धबवृद्धाको सारथि बन्दै तिलागुफा नगरपालिका
कालीकोटको तिलागुफा नगरपालिकाले वृद्धवृद्धाको सारथि बनेको छ । नगरपालिका प्रमुख र उपप्रमुख आफै बस्तीमा पुगेर बृद्धबृद्धा तथा अपाङगता भएका ब्यक्तिका समस्याबारेमा जानकारी लिनेगरेका छन् । नगरपालिकाले ७० वर्ष पुगेका बृद्धबृद्धालाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।
छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारबाट
छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुने जनाकारी दिएको हो ।
विकलाई थप उपचारका लागि काठमाडौं पठाइयो
बाँकेको कोहपलुरमा श्रीमानले पेट्रोल खन्याएर आगो लगाएर जलाइएकी गङ्गा विकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
पर्यटन प्रवर्धन गर्न तानसेनमा खाना महाेत्सव आयोजना हुने
पाल्पाको पर्यटकीय नगरी तानसेनमा खाना महाेत्सव हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुनेछ ।
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा लागू हुन सकेन : महान्यायाधिवक्ता
महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा समस्या आउँदा कतिपय नागरिकले भोट हाल्न नपाएको बताउनुभएको छ ।
समयमा सडकको कार्य सम्पादन गर्न ध्यानाकर्षण
राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् ।
सांसदले उठाए सडक स्तरोन्नतिको विषय
प्रतिनिधिसभा बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
गाई मार्ने तीन जना पक्राउ
कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपूबस्तीमा गोरु मार्नेक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।
महिला सहभागितामा राजनीतिक दलको बेवास्ता : पूर्वअध्यक्ष शाक्य
नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह नै बनाउने कुरालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
खानेपानी आयोजनामा उपभोक्ताको आकर्षण कम
बाँकेको बैजनाथ गाउँपालिका –४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मासिक खर्च करिब ७० देखि ८० हजार रुपियाँसम्म छ । तर ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपियाँ मात्रै छ ।
१७ भाषाको संयुक्त शब्दकोष तयार
कैलालीका पूर्व शिक्षक कुलासिंह बमले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाहरुको बहुभाषिक शब्दकोष तयार गर्नुभएको छ । चार हजार शब्द सम्मिलित शब्दकोषमा सुदूरपश्चिममा बोलिने पहाडी जिल्लाका सात भाषा, अङ्ग्रेजी, नेवारी, मगर, राजी, डंगौरा थारु, दङहा, पूर्वी कठरिया, मलवारी कठरिया र राना थारु गरी १७ भाषा छन् ।
तीन सय वर्ष पुरानो मोहन्याल जात्रा सम्पन्न
जैविक विविधताले महत्पूर्ण घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक पर्यटकीय सँगसँगै धार्मिक पर्यटनको रुपमा पनि महुत्पूर्ण छ । बुधबार घोडाघोडी सिमसार क्षेत्रमा रहेको मोहन्याल मन्दीरमा मोहन्याल जात्रा तथा पूजा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
देवशिलाको गोरखपुरमा पूजाआजा, आज अयोध्या पुर्याइँदै
भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको गोरखपुरमा पूजाआजा गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
बयान फेर्नेविरुद्ध भ्रष्टाचार मुद्दा
सरकारी साक्षीका रूपमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा प्रतिकूल बयान दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सार्वजनिक यातायात क्षेत्र सुधारको काम सुरु
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक यातायात क्षेत्रको सुधारका नीतिगत र व्यावहारिक काम सुरु भएको बताउनुभएको छ। सार्वजनिक यातायात क्षेत्रका मजदुरहरूले उक्त क्षेत्रमा समस्या समाधानका लागि मङ्गलबार पेस गरेको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले मागहरूबारे आफ्नो ध्यानाकर्षण भएको र आफू मजदुरकै प्रतिनिधि भएकाले समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो।