• २५ पुस २०८१, बिहिबार

प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण सुरु

blog

संसद् भवनमा सुरु भएको दुईदिने अभिमुखीकरण कार्यक्रम । तस्बिर : संसद् सचिवालय

काठमाडौं, माघ १९ गते । प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले आज (बिहीबार) र भोलि (शुक्रबार) ४ बजेसम्म प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको हो । अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।

संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आउनुभएका नयाँ सदस्यका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ । नयाँ सांसदलाई संसदीय मूल्यमान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।