• १२ असोज २०८१, शनिबार

आगलागीबाट दुइतले घर जलेर नष्ट

blog

आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको इन्द्रहादुर लिम्बूको घर । तस्बिर : लिलाराज झापाली

लिलाराज झापाली
बिर्तामोड, माघ २२ गते ।
अर्जुनधारा नगरपालिका–७ मा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा इन्द्रबहादुर लिम्बूको आठको दुइतले घर जलेर नष्ट भएको छ ।

शनिश्चरे प्रहरी चौकीका अनुसार बिहान साढे ५ बजेदेखि सुरु भएको आगलागीबाट प्रारम्भिक रुपमा २३ लाख ९० हजार रुपियाँ बढीको धनमाल क्षति भएको छ ।

आगलागीबाट घरमा रहेका चार लाख ७२ हजार नगद, सुनका गरगहनालगायत अन्य सामग्री जलेर नष्ट भएको बताइएको छ ।

आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो निभाउन बिर्तामोड नगरपालिकाको बारुण यन्त्र र पानी ट्याङ्कर, मेचीनगर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रशरी बल वेस क्याम्प शनिश्चरे, शनिश्चरे प्रहरी चौकी र स्थानीय परिचालित भएका थिए । सो आगलागीबाट छिमेकी मुना बाँस्कोटाको घरमा समेत क्षति पुगेको छ ।