बेनी नगरपालिका–१ रत्नेचौर स्थित परम्परागत ढुङ्गेघर। सलक्क बान्की मिलाएर बनेका यस्ता घर पछिल्लो समय हराउँदै गएका छन्। तस्बिर: डम्मर बुढा मगर /रासस
जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रवार पनौती नगरपालिका ७ स्थित क्षेत्रीय रङ्गशालामा संयुक्त आयोजना गरिएको ‘बृहत् खेलकुद महोत्सव २०७९’ को उद्घाटन कार्यक्रममा खेल कौशल प्रदर्शन गर्दै खेलाडी। तस्बिर : पेमा लामा, रासस
रुकुम पश्चिम आठसिसकोट नगरपालिका–५ गोतामकोट। यहाँ अहिले सडक, खानेपानी, विद्युत र स्वास्थ्य सेवा पुग्दा सर्वसाधारण खुसी भएका छन्। तस्बिर : हेमन्त केसी/रासस
ललितपुर बागमती किनारमा बनाइएको पार्क क्षेत्रमा साइकलका पाङ्गा गुडाउँदै बालबालिका । तस्बिर : सागर बस्नेत
म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूँमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै। गाउँका धेरै पुरुषहरू बिदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ। तस्बिर: सन्तोष गौतम/रासस
हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा। तस्बिर : सुशीलबाबु थकाली