• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सभामुख देवराज घिमिरे

काठमाडौं, माघ २२ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठ सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुँदैछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यसूची छ ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ हुनुभएको बारे सदनलाई जानकारी गराउनुहुँदै छ ।