एमालेलाई ठूलो धक्का : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढलेर नेकपा (एमाले)लाई ठूलो धक्का लागेको दाबी गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेश सरकार ढलेर एमालेलाई ठूलो धक्का परेको र सो क्रम राष्ट्रपति निर्वाचनसम्म नै कायम हुने तर्क गर्नुभयो ।
भैरहवामा अन्तर्राष्ट्रिय उडान फागुन अन्तिममा
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प रहेको अन्तर्राष्ट्रिय उडान आगामी फागुन अन्तिमबाट पुनः सञ्चालनमा आउने भएको छ । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी भएपछि जहाज उडान तथा अवतरण गर्न नसकेपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान हवाई सुरक्षालाई ध्यानमा राख्दै मौसम खुलेपछि मात्रै सञ्चालनमा आउने भएको हो ।
रूपान्तरणको प्रक्रियामा माओवादी केन्द्र
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रियामा गएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ, यो चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनतालाई राम्रो परिणाम दिनैपर्छ।” प्रधानमन्त्रीले मात्र नभई, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउने उहाँको भनाइ छ।
त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण सुरु
मुलुकको पहिलो उच्च शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण थालिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको क्याम्पस भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो । दक्षिणतर्फको भाग काम नै नलाग्ने भए पनि उत्तरतर्फका कक्षाकोठामा जोखिम मोलेर पठनपाठन हुँदै आएको थियो ।
खानेपानी पाइपलाइन विस्तार
उपत्यकाको चक्रपथभित्र सहज रूपमा पानी वितरणका लागि एक हजार १० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याइएको छ । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले बिछ्याइएको नयाँ पाइपलाइनमध्ये करिब ५५० किलोमिटरको परीक्षण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ।
ग्वार्कोमा ‘फ्लाइओभर’को काम सुरु
ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी दिनुभयो।
थारु सङ्घ उपत्यका कमिटी अध्यक्षमा सियाराम चौधरी
नेपाल लोकतान्त्रिक थारु सङ्घको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सियाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो ।
सीमापार अपराध नियन्त्रणका लागि सुझाव
बाँकेका निर्वाचित सांसद तथा स्थानीय तहका पदाधिकारीहरूले जिल्लाको समग्र शान्ति सुरक्षाको सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी तस्करीलगायतका अन्य अपराध नियन्त्रणका लागि पहल गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले वर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो ।
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।
जिल्ला सुरक्षा समितिद्वारा सीमास्तम्भ अनुगमन
जिल्ला सुरक्षा समिति सप्तरीको अगुवाइमा दशगजा क्षेत्रको अनुगमन गरिएको छ। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ को बर्दाहीमा रहेको २३१ नम्बरको सीमा स्तम्भ अनुगमन भएको हो।
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको निर्णय
नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ ।
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैङ्कले नियमन गर्ने
बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैङ्कको नियामक निकायकाे क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ ।
माओवादी पार्टीको भविष्य उज्ज्वल छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको बताउनुभएको छ ।
अटो मोबाइल्स विलासिताको वस्तु होइन: अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको बताउनुभएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताउनुभएको छ ।
तीन पुस्ता देखि अझै हालिया, सुविधा जति बलियाकै गोजीमा
तीन पुस्ता देखि हालिया बनेकाहरू अझै पनि हलियानै छन् भन्दा अनौठो लाग्न सक्छ । बाजुरा पूर्व उत्तर क्षेत्र स्वामिकार्तिक गाउँपालिका वडा नं –५ जेराका मूल विकको यथार्थ जीवन हो । उहाँ लगायत बाजुराका एक हजार ६ सय बढी हालिया परिवारको अवस्था यस्तै छ ।
‘गुणात्मक अनुसन्धानमा चुनौती’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। स्थापनादेखि हालसम्म आयोगले गरेका काम सङ्ख्यात्मक रूपमा चित्तबुझ्दो रहे पनि गुणात्मक अनुसन्धानमा चुनौती थपिएको यस क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन्। आयोगको कामलाई अझै प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनदेखि कानुनको समयानुकूल परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।
विवेकशीलको महाधिवेशन
विवेकशील साझा पार्टी नयाँ शिराबाट अघि बढाउन महाधिवेशनमा होमिएको छ। विवेकशील साझाको पहिलो महाधिवेश सोमबारबाट काठमाडौँमा सुरु भएको छ। कार्यक्रमलाई शुभकामना दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमालको फेदमा बस्नेहरू आर्थिक तथा सामाजिक रूपमा पछि पर्नु दुर्भाग्य रहेको बताउनुभयो।
पार्टीको नाम र चिह्न फेर्न सुझाव माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
पहिलो महिनाको पारिश्रमिक विद्यालयको अक्षयकोषका लागि दिन्छु : सांसद थापा
प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गर्नुभएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ। विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमण गर्ने गरे पनि भ्रमणपछि स्थानीय तहका लागि खासै उपलब्धि देखिएको छैन। कतिपय स्थानीय तहले विदेश भ्रमणबाट विदेशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरे पनि त्यो सम्बन्ध यहाँका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमण गर्ने ‘बहाना’ मात्र बनेको छ।
बेवारिस छ रुबीभ्यालीको रुबी
पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ तर स्थानीय चेतनास्तर र राज्यको बेवास्ताले ‘रुबी’ बेवारिस छ । यहाँ रुबी (रातो पत्थर) बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाइएको हल्ला चल्छ । क्वार्ज (सेतो÷दर्शन ढुङ्गा) यत्रतत्र पाइने स्थानीय बताउँछन् ।