ज्यामिरेमा बहुउद्देश्यीय भवन सञ्चालनमा
पुतलीबजार नगरपालिका – २ ज्यामिरेमा स्थानीयले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् ।
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक 'डाइभर्ट' गरिने
ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ ।
पूजासामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी
कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।”
रानीमहलमा आउने जोडीलाई सम्मान (फोटो फिचर)
प्रणय दिवसका अवसरमा आज (मङ्गलबार) रानीमहलमा पुग्ने जोडीलाई सम्मान गरिएको छ । प्रेम साटासाट गर्न रानीमहल पुगेका प्रेम जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मान गरेको हो ।
पठाओको चर्को 'अफलाइन' मोलमोलाइ
सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् । सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए पनि अहिलेसम्म सार्वजनिक सवारी चलेका छैन ।
रेडियो नेपालको सेवा परिवर्तित समयसँगै सुधार गरौँ : मन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले परिवर्तित समयसँगै रेडियोको नेपालको सेवालाई सुधार गर्दै लैजान निर्देशन दिनुभएको छ ।
रक्सौल–काठमाडौं रेलवे निर्माणसम्बन्धमा छलफल
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ ।
सरकार र यातायात मजदुर सङ्गठनबीच पाँचबुँदे सम्झौता
सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँच बुँदे सम्झौता गरेको हो ।
बन्द फिर्ता भए पनि सार्वजनिक यातायात चलेनन् (फोटो फिचर)
सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले मङ्गलबारको बन्द फिर्ता लिए पनि सार्वजनिक यातायात सुचारु हुन सकेको छैन । यातायात व्यवसायी र मजदुरहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ।
यातायात व्यवसायीको बन्द फिर्ता
नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ ।
"सच्चा प्रेमका लागि 'भ्यालेन्टाइन डे' कुर्नुपर्दैन"
“प्रेम आफैंलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ । प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन ।”
अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा
मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आउनुभएको छ । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष छलफल गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अन्तरिक्ष भ्रमण गर्न नेपाललाई चीनको निम्तो
चीनले आफ्नो अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपालीलाई निमन्त्रणा दिएको छ। नेपालका लागि चीनका राजदूत छेन सोङले नेपालीलाई चीनको अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न आमन्त्रण गर्नुभएको हो। चिनियाँ अन्तरिक्ष यात्रीले पहिलो अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेको भिडियो राख्दै उहाँले यस्तो आमन्त्रण गर्नुभएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ताले राखेको भिडियो सेयर गर्दै राजदूत सोङले ट्विटरमा अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिनुभएको छ।
सीमा विवाद समाधान द्विपक्षीय संयन्त्रमार्फत
नेपाल–भारत विदेश सचिवस्तरीय बैठकले दुई देशबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति गरेको छ। सोमबार नेपालमा सम्पन्न बैठकमा सीमा विवादका विषयमा समाधान हुन बाँकी रहेका खण्डहरूमा सिमानाको कार्यदलमार्फत काम पूरा गर्ने सहमति भएको हो।
दोधारा–चाँदनी सुक्खा बन्दरगाह त्रिदेशीय लाभमा विकास गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ मा निर्माण हुने सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताउनुभएको छ। दुवै आयोजनाको निरीक्षण क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो।
हवाई ‘रुट’ उपलब्ध गराउन आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गर्नुभएको छ।
बेलायतबाट उच्चस्तरीय भ्रमण हुँदै
नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ । नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिनुभयो । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ हुने बताउँदै राजदूत क्याथ्रिनले भ्रमणबारे जानकारी दिनुभएको थियो ।
बसपार्क प्रयोगका विषयमा तनाव, वार्ताका लागि आह्वान
गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। आफ्ना माग पूरा नभएको भन्दै यातायात मजदुरले मङ्गलबारदेखि उपत्यकामा यातायात बन्दको घोषणा गर्नुका साथै आन्दोलन जारी राखेपछि सरकारले वार्ताका लागि आह्वान गरेको हो। यसअघि यातायात मजदुरको आन्दोलनले सोमबार अपराह्न गोङ्गबु र स्वयम्भू क्षेत्रमा तनाव उत्पन्न भएको थियो। बालाजुको बाइपास, माछापोखरी सडकमा आन्दोलनकारीले प्रहरीका दुईवटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन्।
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा कँडेल
निर्माण व्यवसायी सङ्घ मकवानपुरको ११ औँ अधिवेशनबाट सङ्घको अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित हुनुभएको छ । कँडेल २१६ मतसहित आज निर्वाचित हुनुभएको हो ।
लुम्बिनी प्रदेशमा मनाइयो जनयुद्ध दिवस
लुम्बिनी प्रदेशमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । रुपन्देहीमा रहेका ६५ जना शहीदपरिवारका सदस्यसँगै सो दिवस मनाइएको हो ।
सत्ता गठबन्धन फागुन १० भित्रै भत्किन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गर्नुभएको छ । कांग्रेस रुपन्देही क्षेत्र १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभयो ।
भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने
भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ ।
सडक दुर्घटनामा एक वृद्धाको मृत्यु
कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ खारखानीमा सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ ।