व्यवस्था परिवर्तनमा जनयुद्धको ठूलो भूमिका छ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेको बताउनुभएको छ । जनयुद्ध दिवसको अवरमा नेकपा (माओवादी केन्द्र) दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताउनुभयो ।
संरक्षित चरी बाघको छालासहित दुई पक्राउ
संरक्षित चरी बाघको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरीको आइआरटी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीको संयुक्त टोलीले सोमबार बिहान गोदावरी नगरपालिका –२ बसपार्कबाट छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।
फोहोरमा पनि सुन फल्छ !
मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहोरमा पनि सुन फलाउन सकिँदोरहेछ ।
सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौँ : मन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ ।
नेपालले टर्की पठायो २२ टन राहत सामग्री
नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ ।
गोरखापत्रकर्मी दाहालसहित पूर्व जनप्रतिनिधि सम्मानित
हेटौँडा उपमहानगरले ५४ औँ हेटौँडा नगर स्थापना दिवस मनाएको छ । २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायत स्थापना भएको आधार वर्ष मानेर पहिलो पटक हेटौँडा नगर स्थापना दिवस मनाइएको हो ।
सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताउनुभएको छ । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।
सुर्खेतमा प्रहरीद्वारा चार राउण्ड अश्रुग्यास प्रहार
सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मङ्गलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।
सडक दुर्घटनामा एक युवकको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर –७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु हो ।
बीमा दाबी गर्न गाडीमा आगजनी
बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनर्स्थापित
सशस्त्र द्वन्द्वमा विस्थापन भएको फुकोट प्रहरी चौकी पुनर्स्थापना गरिएको छ । विस्थापन भएको २४ वर्षपछि फुकोट प्रहरी चौकी पुनस्र्थापना गरिएको हो ।
वालिङ नगरपालिकाले थाल्यो अव्यवस्थित तार व्यवस्थापनको काम
स्याङ्जाको वालिङ नगरपालिकाले बजारमा अव्यवस्थित रुपमा रहेका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न सुरु गरेको छ ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने
सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गरिनेछ ।
अधिकृतलाई विशिष्टीकृत सेवा बनाउन माग
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा बनाउने गरी कानुनी प्रबन्ध गर्न माग गरिएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुन थालेपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउने गरी सङ्घीय निजामती सेवा ऐनमा नै व्यवस्था गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले माग गरेका हुन्।
जनयुद्ध महान् र युगान्तकारी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताउनुभएको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिनु भएको शुभकामनामा उहाँले सो कुरा बताउनु भएको हो ।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ (आजदेखि) गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षण थाल्नुहुने भएको छ । प्रधानमन्त्रीले यसअघि नै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरूको निरीक्षण गर्ने बताउनुभएको थियो ।
पृथ्वीबहादुरविरुद्ध नौ जना अमेरिकीको किटानी जाहेरी
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन्। शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।
एकतामा जनयुद्ध दिवसको सार्थकता
सरकारले जनयुद्ध दिवसको स्मरण गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदा दिएको हो । शान्ति सम्झौतामार्फत जनयुद्ध अन्त्य भएपछि पहिलो पटक सरकारले यस्तो बिदा दिएको हो । यसअघि जनयुद्धको नेतृत्व गरेका नेताहरूकै नेतृत्वमा सरकार गठन भए पनि फागुन १ को दिनलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिइएको थिएन ।
छ जना पत्रकारलाई सेजन अवार्ड
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यस वर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान गरिएको छ।
बुटवलमा फागुन २ देखि कृषि मेला आयोजना हुँदै
बुटवलमा फागुनको २ देखि ६ गतेसम्म सञ्चालन हुन गइरहेको ११ औँ संस्करणको कृषि मेलामा विशेष आकर्षणको रूपमा पोर्क फेस्टिवल हुनेभएको छ ।
‘सहकारीलाई वितरणको माध्यम बनाउनुपर्छ'
प्रदेश १ का उद्योग, वाणिज्य र सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि र उद्योगलाई उत्पादनमा र सहकारीलाई वितरणको माध्यम बनाउनुपर्ने बताउनुभएको छ ।
ओखलढुङ्गाबाटै अब सवारीचालक अनुमतीपत्र
पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाबाटै अब सवारीचालक अनुमतिपत्र वितरण हुनेभएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका –४ रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न लागिएको हो ।
एक जना कर्मचारीले धानेको विकास बोर्ड कार्यालय
राष्ट्रिय चिया तथा कफीको विकास बोर्डको हिलेस्थित कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले कार्यालय लेखा प्रमुखले मात्र चलाउनु भएको छ ।
अटोमोबाइल व्यवसाय इतिहासकै कमजोर अवस्थामा : अध्यक्ष थापा
नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताउनुभएको छ ।