जानु पाण्डे
कपिलवस्तु, फागुन १ गते । कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ खारखानीमा सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका –८ त्रिलोकमार्गका वर्ष ६५ कि कमला गैरेका मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।
गैरे पूजाको प्रसाद ग्रहणका लागि सडक पार गरेर जाने क्रममा गाडीले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् उहाँलाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । अस्पतालमा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेजको सहायता लिएको छ ।