राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक ‘भर्चुअल’ रूपमा पनि बस्न सक्ने
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सांसदहरू अभौतिक (भर्चुअल) माध्यमबाट उपस्थित भए पनि संसद् बैठक बस्ने व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले संसद् भवनमा सांसदहरूको उपस्थिति नभए पनि बैठक बस्न सक्ने भएको हो तर त्यसरी बस्ने बैठक प्राकृतिक प्रकोप वा महामारीको अवस्थामा मात्रै बस्नेछ ।
‘व्यवस्था र सङ्घीयता निष्प्रभावी भन्नु अनुचित’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन नै नगरी व्यवस्थाप्रति सबाल उठाउनु उचित नहुने बताउनुभएको छ। उहाँले संविधानले परिकल्पना गरेअनुसार ऐन, कानुन नै बन्न नसकेको अवस्थामा सङ्घीयता खर्चिलो र निष्प्रभावी भन्नु उचित नहुने तर्क गर्नुभयो।
लामिछानेका कागजपत्र झिकाइयो
नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ ।
सिँगारिँदै पशुपति क्षेत्र
महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ ।
निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा
सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त रकम छुट्याएको थियो। यसबाट दुई हजारभन्दा बढी विद्यार्थी भएका ७३ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने प्रस्ताव छ। विनियोजित रकमअनुसार भवन पुनर्निर्माण गर्न विद्यालय भौतिक निर्माणसम्बन्धी निर्देशिका आवश्यक पर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशिकाको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।
नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा
नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।
कुमालटारी कृषि फर्ममा आगलागी
तनहुँको बन्दीपुर गाउँपालिका –५ याम्पा, कुमालटारी स्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा आगोलागी भएको हो ।
अलपत्र आयोजना अघि बढाउन निर्देशन
जिल्लामा वर्षौदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनालाई अघि बढाउन सङ्घीय सांसद रामहरि खतिवडाले निर्देशन दिनुभएको छ । ठेक्का पारेर लामो समय आयोजना अलपत्र छाड्ने निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम अघि बढाउन सांसद खतिवडाले निर्देशन दिनुभएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि शुक्रबार बस्ने भएको हो ।
फुङ्लिङका बुहारीहरूलाई कम्प्युटर शिक्षा
ताप्लेजुङमा आदिवासी जनजाति समुदायका बुहारी (विवाहित महिला) लाई कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –५ ले वडाभित्रका बुहारीलाई कम्प्युटर शिक्षा प्रदान गर्न थालेको हो ।
सम्झौताको १८ वर्षपछि अघि बढ्दै आइसीपी निर्माण
वर्षौँदेखि अलपत्र रहेको एकीकृत जाँचचौकी (आइसीपी) निर्माणको लागि नेपालले जग्गा (साइट) हस्तान्तरण गरेको छ । अधिग्रहण गरी सहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको करिब ५२ बिघा जग्गा आइसीपी निर्माण कम्पनीलाई हस्तान्तरण गरिएको हो ।
मदिरा र सूर्तिजन्य विज्ञापन नछाप : प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।
वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ ।
सुधारका कार्यक्रम एक साताभित्र पेस गर्न सञ्चारमन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानुनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
कुमालटारी कृषि फर्ममा आगलागी
तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा कुमालटारीस्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फर्ममा आगलागी भएको हो ।
प्राधिकरणमा काठमाडौं महानगरको दुई अर्ब बक्यौता
सडक बत्ती बालेबापत काठमाडौं महानगरले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम झण्डै दुई अर्ब पुगेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगरले हालसम्म तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ९८ करोड २१ लाख १२ हजार ४४८ रुपियाँ रहेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।
पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा
इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ ।
पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा रक्तदान
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।
प्रहरी निरीक्षक गिरी उत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भूपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति
सदरमुकाम चरीकोटस्थित रहेको उज्यालो भविष्य संस्थाको विशेष पहलमा सर्व माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । दोलखा समाज अस्ट्रेलियाबाट प्राप्त विपन्न तथा जेहेन्दार छात्रावृत्ति भीमश्वर नगरपालिका–४ जिलुमा रहेको सो विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
‘घुलमिल र साथी बनाउन नसके बच्चालाई अटिजम हुनसक्छ’
बच्चा जन्मिएपछि बिस्तारै शारीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो ।