• ८ मंसिर २०८१, शनिबार

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति

blog

बाबुराम शर्मा 

दोलखा, माघ २६ गते । सदरमुकाम चरीकोटस्थित रहेको उज्यालो भविष्य संस्थाको विशेष पहलमा सर्व माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । दोलखा समाज अस्ट्रेलियाबाट प्राप्त विपन्न तथा जेहेन्दार छात्रावृत्ति भीमश्वर नगरपालिका–४ जिलुमा रहेको सो विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो । 

बिहीबार सदरमुकाम चरीकोटमा एक कार्यक्रमबीच कृषि तथा बाली विज्ञानका तीन वर्षे डिप्लोमा तहमा अध्ययनरत वैतेश्वर गाउँपालिका–१ की पम्फा घिसिङ र वडा नम्बर ८ की सविना जिरेललाई सो छात्रवृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो । 

दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णुबर थापाको विशेष पहलमा प्राप्त सो छात्रवृत्ति जनही एक लाख रुपियाँमध्ये पहिलो किस्तामा अहिले एक लाख रुपियाँको चेक विद्यार्थी र अभिभावकको रोहबरमा विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलााईँलाई हस्तान्तरण गरिएको हो । बाँकी रकम एक लाख रुपियाँ छिट्टै प्रदान गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । 

दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णुबर थापाको विशेष पहलमा प्राप्त विपन्न तथा जेहेन्दार छात्रावृत्ति यहाँको भीमेश्वर नगरपालिका –१ को सुस्पाक्षमावती माविको कृषि तथा बाली विज्ञान तीन वर्षे डिप्लोमा तहमा अध्ययनरत नौ जनाले पनि छात्रवृत्ति पाएका छन् ।