महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)
आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुुसलगायतका उपभोग्यवस्तुु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुुनै वस्तुु किन्नुप¥यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।
आठ स्थानमा औद्योगिक ग्राम
सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको हो ।
प्रजातन्त्र दिवस मनाउन परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाउन तीनवटै तहलाई आग्रह गरेको छ । मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभा
वीरमा अत्याधुनिक जलन वार्ड बन्ने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न
विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताउनुभएको छ ।
हराएको पहिचान खोज्दै चालीसवासी
तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ मानिन्छ ।
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको चहलपहल
हरेक वर्ष महाशिवरात्रि पर्वमा देशैभरका शिव मन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्दछ। हिन्दु धर्मग्रन्थ अनुसार देवको पनि देव अर्थात् भगवान् महादेवको पूजाअर्चना गरेर शिवरात्रि विशेष ढङ्गले मनाउने परम्परा रहेको छ।
करिब ८५ लाख मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
सरकारले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन कार्यक्रम सुरु गर्ने भएको छ ।
जबर्जस्ती अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसकिने बताउनुभएको छ । शुक्रबार काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सञ्चालकका लागि गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो । अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताउनुभएको छ । अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै टिप्पणी गर्नुभयो ।
‘सङ्घीय शिक्षा ऐन’ संसदमा पेश गर्न महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।
सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजान्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ ।
९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ : प्राडा राई
कीर्तिपुर बर्न अस्पतालका प्राध्यापक डाक्टर शङ्करमान राईले स्रोत साधन उपलब्ध भएमा र समयमै अस्पतालमा बिरामी आए ९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ भन्नु भएको छ ।
महाशिवरात्रि : तीन वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।
पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश
सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।
जथाभाबी फोहर फाल्नेलाई कारबाही
बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
अनेरास्ववियुुमा हुम्लाबाट तीन केन्द्रीय सदस्य निर्वाचित
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशनबाट हुम्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा भएको निर्वाचनबाट उहाँहरू निर्वाचित हुनुभएको हो ।
दोलखा महोत्सवको तयारी तीव्र
जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा फागुन १९ देखि २७ गतेसम्म महोत्सवको चल्नेछ ।
जनकपुरधाम व्यापार मेला आजदेखि सुरु
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘जनकपुरधाम व्यापार मेला–२०७९’ आज शुक्रबारदेखि सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला सुरु भएको हो ।
स्वास्थ्य क्षेत्रका बेथिति सुधार गर्न शल्यक्रियाको आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड
बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।
गुणस्तरीय स्वास्थ्य र वैज्ञानिक शिक्षामा केन्द्रित रही देशव्यापी अभियान सुरु
मानव अधिकार तथा शान्ति समाजको २४ औँ र २५ औँ राष्ट्रिय परिषद् बैठकद्वारा पारित नीति कार्यान्वयन सम्बन्धमा देशव्यापी अभियान प्रारम्भ भएको छ ।
पशुपतिनाथमा बाबाहरूको बहुरङ्गी रूप (फोटो फिचर)
महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरु पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् ।
राज्यसँग छैन जलन उपचार अस्पताल
ग्यास आगलागीको जलनमा परेका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । उहाँको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार सुरु भएको छ । बुधबार राति आफ्नै निवासमा ग्यास चुहावटका कारण जल्नुभएकी उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।