मासु बेचेर दैनिक पाँच हजार रुपियाँ आम्दानी
पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नु भएका दोलखाको वैतेश्वर गाउँपालिका –८ क्षत्रपाका शान्तबहादुर जिरेलले सञ्चालन गर्नुभएको मासु पसलबाट दैनिक पाँच हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन
राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताउनुभयो ।
शिक्षक सङ्गठन ताप्लेजुङ अध्यक्षमा विष्ट
ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा तुलसीप्रसाद विष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुँदै
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।
डोल्पामा माटोले पुरिएर दुई कामदार घाइते
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् ।
भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिमाणात्मक थालनी गरेकोमा खुसी व्यक्त गर्नुभएको छ।
मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुल अनुगमन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुलको निरीक्षण गर्नुभएको छ ।
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा ७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।
निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत र मतदान स्थल टुङ्गो लगाएको छ । आयोगले फागुन ८ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
समस्या र चुनौती सुधार गर्न प्रतिबद्ध छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनक्रममा देखिएका समस्या तथा चुनौती सुधार्न दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सात अङ्गले एकैसाथ लेख्ने क्षमता
सामान्यतया मानिसले एउटा हातले एउटा कलम समातेर एउटा विषयमा लेख्न सक्छन् । तर बैतडीका मनोज चन्द दुई हातले छवटा कलम समातेर एकैपटक उल्टो र सुल्टो शब्द लेख्न सक्नुहुन्छ ।
हिउँद नसकिँदै गर्मी सुरु
यसपालि हिउँद नसकिँदै देशका अधिकांश भूभागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
मादलमा नेपाली सेनाको विश्व रेकर्ड
नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।
बेहडाबाबा मन्दिरमा भक्तजनको घुइँचो
सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल बेहडाबाबा मन्दिरमा आज शिवरात्रिका दिन भक्तजनको घुइँचो लागेको छ । धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित मन्दिरमा भगवान् शिवको दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
कानुन निर्माणमा सहयोग गर्न मन्त्रीको आग्रह
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कानुन निर्माणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
कृषि मेला सम्पन्न, २५ हजारले गरे अवलोकन
फागुन २ गतेदेखि बुटवलमा सञ्चालन भएको कृषि मेला शनिवार सकिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरेको पाँच दिने कृषि मेलाको २५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
ग्यास लिक हुँदा जुम्लाको एक घरमा आगलागी
जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
काठमाडौं महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने
काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं. १५ बाट सुरु गरिसकेको छ ।
सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग
उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैतीका घटना बढेकाले सुरक्षा प्रदान गर्न माग गरेका हुन् ।
विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि महायज्ञ
यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ ।
खेल मैदानको प्यारापिट निर्माण कार्य अलपत्र
सिमकोट गाउँपालिका –५ स्थित सिमसार क्षेत्रमा रहेको रङ्गशालामा निर्माण भइरहेको प्यारापिटको निर्माण कार्य अलपत्र परेको छ । सो प्यारापिट निर्माणका लागि पहिलो वर्ष बजेटको ब्यवस्था भए पनि त्यसयता बजेटको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिदै आएको हो ।
हेलिकोप्टरद्वारा उद्धार गरिएकी नन्दाको निधन
जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकि सुत्केरी महिलाको नौ दिनपछि आज निधन भएको छ। तिलागुफा नगरपालिका ७ कि ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
‘प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिनू’
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई सिफारिस गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले बनाउन लागेको बजेटका सन्दर्भमा आयोगले यस्तो सिफारिस गरेको हो ।