• १४ जेठ २०८१, सोमबार

मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुल अनुगमन

blog

सिंघिया खोलामा निर्माणाधिन पुलको निरीक्षण गर्नुहुँदै सामान्य प्रशासनमन्त्री अमन लाल मोदी । तस्बिर : मन्त्री मोदीको सचिवालय

काठमाडौं, फागुन ७ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुलको निरीक्षण गर्नुभएको छ ।

आइतबार बिहान निरीक्षणका लागि पुग्नुभएका मन्त्री मोदीले पुल निर्माणको काम चाँडो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । 

“यो पुल यहाँका लागि अत्यन्त आवश्यक पुल हो, मैले दुईपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसरी पनि बनाउँछु भनेर जनताका बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस् ।” मन्त्री मोदीले भन्नुभयो ।

वि.स. २०५८ मा शिलान्यास भएको यो पुल हालसम्म पनि बन्न सकेको छैन । शिलान्यास भए पनि अलपत्र रहेको पुल निर्माणका लागि मन्त्री मोदीले पहलकदमी लिएर निर्माण कार्य आरम्भ गर्नुभएको हो ।

पुल निर्माणको काम यही चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । मन्त्री मोदीको तदारुकताबाट पुल बन्ने भएपछि स्थानीय खुसी बनेका छन् ।

सूर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्रन्न गर्ने निर्माण कम्पनीका दीपेन्द्र कार्कीले मन्त्री मोदीलाई आश्वासन दिनुभयो ।


लेखक बाट थप