• ६ जेठ २०८१, आइतबार

कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा

blog

कैदमुक्त भएकालाई विदाई गर्दै करागारका जेलर मनोज कुमार शैनी । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा, फागुन ७ गते । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताउनुभयो । 

कपिलवस्तु कारागारबाट १२ जनाको कैद मिनाहाका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । कैदमुक्त भएका १० जनामध्ये ४ कर्तव्य ज्यान, ५ सवारी ज्यान र १ हातहतियार तथा खरखजना मुद्दामा कैद जीवन बिताइरहेका थिए । मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उहाँहरूको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरूको कैद मिनाहा गरिएको जेलर शैनिले बताउनुभयो ।

कैदमुक्त भएका उहाँहरू बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनिले बताउनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ७८ कैदी बन्दीमध्ये १० जना कैदमुक्त भए भने बाँकी ४ सय ६८ जना कैदी बन्दी कारागारमा रहेका छन् ।