• १४ जेठ २०८१, सोमबार

शिक्षक सङ्गठन ताप्लेजुङ अध्यक्षमा विष्ट

blog

शिक्षक सङ्गठनका नवनिर्वाचित जिल्ला कार्यसमिति । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ७ गते । ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा तुलसीप्रसाद विष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । 

सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले विष्टको नेतृत्वमा २१ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । निर्वाचन समितिका संयोजक राम नेयोङका अनुसार कार्यसमितिको उपाध्यक्षमा राधा माबोहाङ लिम्बू, सचिवमा तेजबहादुर भट्टराई र कोषाध्यक्षमा कल्पना गुरुङ चयन हुनुभएको छ । 

यस्तै, सदस्यमा प्रकाशकिरण दाहाल, सुजता लिम्बू, नरेश सावादेन, पहलमान पुरी, राजेन्द्र माबो, चेतन खतिवडा, मीनाकुमारी लिम्बू, कमलपति भण्डारी, डेगेन्द्र सिलवाल, खड्गबहादुर थापा, दीपेन्द्र खतिवडा, ऐश्वर्यराज थापा, टीकाराम प्रसाईँ. लक्ष्मीप्रसाद चुँडाल रहनुभएको छ । अधिवेशनले विद्याप्रसाद खड्काको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको निर्वाचन समिति संयोजक नेयोङले जानकारी दिनुभयो ।

अधिवेशन सङ्गठनका केन्द्रीय सदस्य मदनकृष्ण दाहालको प्रमुख आतिथ्य र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिलाई सङ्गठनका केन्द्रीय सदस्य दाहालले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

जिल्ला अधिवेशनको उद्घाटनमा नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष युवराज बस्नेत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष शरदराज निरौला, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गणेश लङ्वा, राहत शिक्षक सङ्गठनका अध्यक्ष रमेश प्याकुरेललगायतले शुभकामना दिनुभएको थियो । अधिवेशनमा माओवादी केन्द्रका प्रदेशस्तरीय नेतृत्व, विभिन्न जनवर्गीय सङ्घ सङ्गठन तथा भातृ संस्थाका नेतृत्व समेतले शुभकामना दिएका थिए ।