• २४ वैशाख २०८१, सोमबार

मुख्यमन्त्रीद्वारा चालक अनुमतिपत्र परीक्षा सञ्चालनकाे सुरूवात

blog

चालक अनुमतिपत्र परीक्षा सञ्चालनकाे सुरूवात गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, फागुन २ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्थाबमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालनको उद्घाटन गर्नुभएको छ । सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा सञ्चालनको मुख्यमन्त्री जमरकट्टेलले उद्घाटन गर्नुभएको हो ।

सोमबार भक्तपुरको राधेराधेस्थित प्रयोगात्मक परीक्षा केन्द्रमा सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले परीक्षालाई जटिलताबाट सरलतातर्फ लगिएको जानकारी गराएका छन् । नयाँ निर्देशिकाले परीक्षार्थीका साथै परीक्षक कर्मचारीलाई पनि सजिलो र व्यावहारिक गराएको उहाँले बत्ताउनुभएको हो ।

मुख्य मन्त्री जमरकट्टेलले जनतालाई कार्यालयले दिने सेवाको आधारमा सरकारप्रति धारणा बन्ने भएकाले जनतालाई अनावश्यक दुःख सास्ती नदिन  यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिनुभयो । आफूले अनुगमनको संयन्त्र बनाउने खुलासा गर्दै उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको व्यवस्था हुने चेतावनी दिनुभयो ।