• २४ वैशाख २०८१, सोमबार

प्रणय दिवस

रानीमहलमा आउने जोडीलाई सम्मान (फोटो फिचर)

blog

प्रणय दिवसका अवसरमा रानीमहलमा पुग्ने प्रेम जोडी । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, फागुन २ गते ।
प्रणय दिवसका अवसरमा आज (मङ्गलबार) रानीमहलमा पुग्ने जोडीलाई सम्मान गरिएको छ । प्रेम साटासाट गर्न रानीमहल पुगेका प्रेम जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मान गरेको हो ।


ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापित (ब्राण्डिङ्) गर्न त्यहाँ पुगेका जोडीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । प्रणय दिवसको दिन आज  भारतसहित नेपालका विभिन्न स्थानबाट रानीमहल पुगेका जोडीलाई सम्मान गरिएको हो ।


त्यहाँ पुगेका प्रेम जोडीहरूले एक आपसमा गुलाफको पुष्प गुच्छा साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने प्रण गरेका थिए । त्यस्तै, उनीहरूले सिक्का दान, कालीगण्डकी नदी उत्तर बाहिनीको अवलोकन गरेका थिए । रानीमहललाई स्थापित गर्न प्रेम जोडीलाई सम्मान तथा प्रेम साटासाट गर्ने कार्यक्रम गरिएको तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।