• १६ भदौ २०८१, आइतबार

सरकार र यातायात मजदुर सङ्गठनबीच पाँचबुँदे सम्झौता

blog

काठमाडौं, फागुन २ गते । सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको हो ।

मङ्गलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि दुई पक्षबीच पाँचबुँदे सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

सङ्गठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न सहमति भएको छ । त्यस्तै, यातायात मजदुर सङ्गठनल राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच  सम्झौता भएको छ ।