• ११ पुस २०८१, बिहिबार

"सच्चा प्रेमका लागि 'भ्यालेन्टाइन डे' कुर्नुपर्दैन"

blog

काठमाडौं, फागुन २ गते । “प्रेम आफैंलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ । प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन ।” यी भनाइ हुन् वरिष्ठ साहित्यकार तुलसी दिवसका । 

‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रेम वा प्रणय दिवस । प्रेम आफैंमा एक सुन्दर शब्द हो । अङ्ग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ अर्थात् आजको दिन प्रणय दिवस मनाउने चलन छ । 

पछिल्लो समय सबै उमेर समूहमा प्रेम दिवसले छुट्टै स्थान बनाएको देखिन्छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमदेखि बजारका धेरै मलहरु प्रणय दिवसका लागि विशेष रुपमा सजाइएका छन् । 

होटल, रेस्टुरेन्ट, मल, पार्कलगायत विभिन्न ठाउँमा गुलाबको फूल, रङ्गीबिरङ्गी टेडी बियर, बेलुन र विभिन्न रङ्गीन बत्तीको सजावटले काठमाडौं केही दिनअघिदेखि नै रङ्गीन र आकर्षक देखिएको छ । 

फेब्रुुअरी  ७ ‘रोज डे’ अर्थात् उपहारस्वरुप गुलाबको फूल दिने दिन, फेब्रुुअरी  ८ ‘प्रपोज डे’ अर्थात् प्रेम प्रस्ताव राख्ने दिन, फेब्रुुअरी ९ ‘चकलेट डे’, फेब्रुुअरी  १० ‘टेडी डे’, फेब्रुुअरी ११ ‘प्रमिस डे’ अर्थात् वाचा गर्ने दिन, फेब्रुुअरी १२ अर्थात् ‘किस डे’ अर्थात् सच्चा प्रेमको सङ्केत, फेब्रुुअरी  १३ ‘हग डे’ अर्थात् अङ्कमाल गर्ने दिन र अन्त्यमा फेब्रुुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस ।

फेब्रुुअरी ७ देखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात् फेब्रुुअरी १४ को उत्कर्षमा पुग्नका लागि सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाउने गरिन्छ ।

फेब्रुुअरी  ७ ‘रोज डे’ अर्थात् उपहार स्वरुप गुलाबको फूल दिन दिने, फेब्रुुअरी  ८ ‘प्रपोज डे’ अर्थात् प्रेम प्रस्ताव राख्ने दिन, फेब्रुुअरी ९ ‘चकलेट डे’, फेब्रुुअरी  १० ‘टेडी डे’, फेब्रुुअरी ११ ‘प्रमिस डे’ अर्थात् वाचा गर्ने दिन, फेब्रुुअरी १२ अर्थात् ‘किस डे’ अर्थात् सच्चा प्रेमको सङ्केत, फेब्रुुअरी  १३ ‘हग डे’ अर्थात् अङ्कमाल गर्ने दिन र अन्त्यमा फेब्रुुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस ।

भ्यालेन्टाइन डेलाई पश्चिमा संस्कृतिको रुपमा मनाउन सुरु गरिए तापनि अचेल भने प्रेम गर्नका लागि एकदिन छुट्टयाइएकोमा कुनै आपत्ति नभएको युवाहरु बताउँछन् ।

प्रणय दिवसको इतिहास  :

प्रणय दिवसको आफ्नो बेग्लै इतिहास छ । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नाम गरेका एक शासक थिए । बिहे गरेपछि पुरुषको शक्ति र बुद्धि नष्ट हुने उनको मान्यता थियो । 

त्यही कारण उनले राज्यमा आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने घोषणा गरिदिए । तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो निर्णय मन परेन । उनले यसको विरोध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए र केही अधिकारी र सैनिकले विवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यताविपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । त्यसपछि  उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

अन्त्यमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरेको मानिन्छ ।

प्रेम भएपछि भ्यालेन्टाइन डे नै कुर्नुपर्दैन.....

वरिष्ठ साहित्यकार तुलसी दिवसको प्रेमबारे आफ्नै बुझाइ छ । 

“प्रेम एउटा भावनात्मक मिलन हो । त्यहाँ विश्वास र समर्पण हुन्छ । प्रेमलाई जोडीको रोमान्स र सम्बन्धका रूपमा बुझ्नु गलत हुन्छ”, उहाँ भन्नुहुन्छ, “प्रेम आफैंलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ । प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन ।”

अर्को शब्दमा एकअर्कासँग सम्पर्कमा रहनु माया हो । आँखा मनको कोठाको झ्याल हो । मनभित्र के छ थाहा पाउन झ्यालको ढोका खोल्नुपर्ने हुन्छ । 

“सच्चा प्रेमका लागि भ्यालेन्टाइन कुर्नुपर्दैन । पलपलमा हुनुपर्छ प्रेम ।” दिवसका अनुसार एक अर्कालाई चोट नपु¥याउँदा र इगो हर्ट नगर्दा प्रेमसम्बन्ध प्रगाढ हुन्छ । 

कतिपय व्यक्तिका प्रेम हार्दिकताभन्दा लोभलालच, बासना, धनसम्पत्तिसँग सम्बन्धित हुन्छ । आफ्नो इच्छा पूर्तिसँगै त्यस खालको प्रेममा परिवर्तन आउने दिवसको अनुभव छ । 

प्रेम महिला र पुरुषबीच मात्र नभई सहयोग र सद्भावका रूपमा पनि विकसित हुन थालेको दिवसको बुझाइ छ । 

साहित्यकार दिवसले जीवनमा प्रेम शब्दमा व्यक्त गर्नुपर्ने मानिस धेरै भेट्नुभएको छ । उहाँका अनुसार मानिस प्रेम भावनामा जोडिन सुरु भएसँगै भ्यालेनटाइन डे लोकप्रिय बनेको हो । एक दिन एकअर्कालाई प्रेम भावना अभिव्यक्त गर्ने र उपहार लेनदेन गर्ने माध्यम बनेको छ । प्रेमीलाई मन पर्ने उपहार, फूल, क्यान्डी दिने मनका भावना साट्ने अवसर हो भ्यालेन्टाइन डे । 

आफ्ना विगतका दिन सम्झिँदै दिवस भन्नुहुन्छ, ’उपहार दिनु प्रेमको सङ्केत हो । उपहार र फूल पाउन मैले कहिल्यै पनि भ्यालेन्टाइन डे कुर्नुपरेन । प्रेम भएपछि भ्यालेन्टाइन डे नै कुर्नपर्छ भन्ने धारणा गलत हो ।’

विशेषगरी आजका युवकयुवतीमा ‘भ्यालेन्टाइन्स डे’प्रति धेरै झुकाव भएको देखिन्छ ।

सुरुवाती दिनमा भन्दा अचेल भ्यालेन्टाइन डे खुलेर मनाउने गरेको पाइन्छ । आफ्नो प्रेमी प्रेमिकाका लागि यस दिन मायाको उपहारस्वरुप विभिन्न कार्डमा भावना व्यक्त गर्ने चलन छ ।

संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार हाम्रो नेपाली संस्कृति पनि प्रेम दिवससँग जोडिएको छ । प्रेम दिवस मनाउन हामीले पश्चिमा संस्कृति भ्यालेन्टाइन डे नै मनाउन पर्छ भन्ने छैन । 

उहाँ भन्नुहुन्छ, नेपालमा प्रेमको प्रतीकको रुपमा मतिना पारु, फागु पुर्णिमा, श्री पञ्चमीलगायत मोहोनी नखलाई लिन सकिन्छ । 

नेपाल भाषामा मतिनाको अर्थ ‘प्रेम’ र ‘पारु’को अर्थ ‘पर्व’ हो ।

“हामीले ताजमहललाई प्रेमको प्रतीकको रुपमा लिने गर्छाैं । तर ताजमहलभन्दा पनि मान्यता पाएको प्रेमको प्रतीक स्वयम्भूको प्रतापपुर र अनन्तपुर हाम्रो संस्कृति हो । स्वयम्भूको यो मन्दिर राजा प्रताप मल्लले रानी अनन्तप्रियाको स्मरणमा बनाइएको शिखर शैलीको मन्दिर हो ।

यस्तै, चाँगुनारायणको तलपट्टि रहेको कालिका गुफाको मुखैमा प्रताप मल्ल र रानी अनन्तप्रियाको प्रतीक देख्न सकिन्छ । 

यस्ता मायाप्रेम नहुने हो भने यस्ता कृतिहरु बन्ने थिएन र हाम्रो सिङ्गो नेपाल मतिनामय रहेको श्रेष्ठको भनाइ छ ।