• १३ असोज २०८१, आइतबार

जिल्ला सुरक्षा समितिद्वारा सीमास्तम्भ अनुगमन

blog

दशगजाको सरसफाई गर्दै स्थानीय र सुरक्षाकर्मी। तस्बिरः ललिता साह

 ललिता साह 

सप्तरी, माघ २८ गते। जिल्ला सुरक्षा समिति सप्तरीको अगुवाइमा दशगजा क्षेत्रको अनुगमन गरिएको छ। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ को बर्दाहीमा रहेको २३१ नम्बरको सीमा स्तम्भ अनुगमन भएको हो। 

जिल्लास्थित सुरक्षा समितिका संयोजक सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समितिले अनुगमनपछि उक्त क्षेत्रको सरसफाइ गरेको हो। 

शुक्रबार अनुगम निरीक्षण पश्चात् स्थानीयको अगुवाइमा दशगजा क्षेत्रमा सरसफाइ गरिएको राजगढ गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले जानकारी दिनुभयो। 

राजगढ गाउँपालिका वडा  २ को कार्यालय, झुटकी प्रहरी चौकी र भारतीय सुरक्षा बल आन्ध्रा मण्ठको संयुक्त आयोजनामा सरसफाइ भएको हो।