देउसी भैलीको रकम मिर्गौला बिरामीको उपचारमा
देउसी भैलीबाट सङ्कलन भएको दक्षिणा बापतको रकम बाँकेमा एक जना मिर्गौला रोगसँग जुधिरहनुभएका विरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।
बाल अधिकारको प्रत्याभूति दिलाउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
पाटेबाघ मृत फेला
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेला परेको हो ।
बोक्चेगौडामा महिलाको लास भेटियो
खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्चेगौडामा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजे सो स्थानको कर्णाली नदी किनारमा लास भेटिएको हो ।
फिस्टुलाको उपचार निःशुल्क
कर्णालीमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदैआएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैर सरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो ।
ब्याटमिन्टन खेलमा चम्किएको तामाङ परिवार
भोजपुर नगरपालिका –७ डाँडागाउँका दानबहादुर तामाङको घर शिल्ड, मेडल, ट्रफीलगायत पुरस्कारले भरिएको छ । संघर्ष जिवनको लक्ष्य प्राप्तीको आधार हो भनेझै दानबहादुरले खेल क्षेत्रका बलियो आधार बन्नुभएको छ ।
खेतमा जीवनाेपयोगी शिक्षा सिक्दै विद्यार्थी
तनहुँको एक विद्यालयले विद्यार्थीलाई खेतमा लगेर जीवनाेपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ ।
छैनन् महिला र अपाङ्गतामैत्री शौचालय
हुम्लाको सर्केगाड गाउँपालिका–५ की कुन्तीमाया शाही काठमाडौँको भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय प्रयोग गर्न जानुभयो । निस्किँदा नाक थुनेर फर्किंदै गर्दा उहाँको मुखबाट वाक्य निस्कियो, “पैसा लिएपछि सफा गर्नु पर्दैन, डङ्डङ्गी गनाउँछ, पस्नै मुन नलाग्ने !” शाहीका अनुसार उक्त शौचालयमा झोला राख्ने ठाउँ छैन, शौचालय फोहोर हुँदा महिनावारी भएमा सङ्क्रमण हुने जोखिम हुन्छ । उहाँले भन्नुभयो, “महिलाले ब्याग बोकेकै हुन्छ, ब्याग बोकेरै शौच गर्न मिल्दैन, ब्याग राख्ने ठाउँ त हुनुप¥यो नि !” उहाँले काठमाडौँको अलि व्यस्तमध्येमै पर्ने भृकुटीमण्डपमा पनि भुइँमा झोला बिसाएर शौच गर्नुपर्दा असुरक्षाको डर हुने बताउनुभयो । उहाँले महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई शौचालय प्रयोग गर्नै अप्ठ्यारो भएको बताउनुभयो ।
माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाउनुभएको हो । नेसपा केन्द्रीय समिति बैठक मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गर्नुभयो । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उहाँले बताउनुभयो ।
निःशुल्क जिपिएस पनि जोडेनन् व्यवसायीले
सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् । यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका लागि एक सय वटा कोटा तय गरिएकामा ६५ वटा अझै बाँकी रहेको विभागले जनाएको छ ।
घर बनाउने निर्माण सामग्री निःशुल्क उपलब्ध गराउन माग
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु एक पटकको लागि निःशुल्क उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
व्रतालुद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
श्रद्धा, भक्ति र शुद्धताको प्रतीकको रुममा मानिने तराई मधेसको महत्त्वपूर्ण पर्व आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगरलगायतका स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाइएको हो ।
कांग्रेस जिल्ला सम्मेलन ११ गते हुने
नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलन मङ्सिर ११ गते देवचुलीमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार पहिलो जिल्ला सम्मेलन हुन लागेको हो ।
महिनामा दुईसय बढी दुर्घटना, ६ को ज्यान गयो
दाङमा दसैँ र तिहार पर्वको समयमा दुईसय बढी सवारी दुर्घटना भएका छन् । दसैँ र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कात्तिक ३० गतेसम्म करिब एक महिनाको अवधिमा दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
छठपर्व मनाउने पहाडिया समुदाय बढ्दै
तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् ।
मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका–३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ६५ वर्षीय एक वृद्धको ठक्करले मृत्यु भएको हो ।
अवधि भाषा र साहित्यको संरक्षणमा जोड
पश्चिम नेपालको अवध क्षेत्र मानिने बाँके र बर्दियामा सदियौँदेखिको अवधि संस्कृति, भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा विशेष पहल गर्नुपर्नेमा अगुवाहरूले जोड दिएका छन् ।
स्वर्गद्वारीका गाईलाई देउखुरीको पराल
दाङबाट स्वर्गद्वारी आश्रममा रहेका गाईका लागि पराल दान गरिएको छ । आश्रमको नाममा एक हजार एकसय विघा जग्गा भए पनि आयस्ता नउठ्दा गाईका लागि चाहिने घाँस, पराल दानको रुपमा संकलन गर्ने गरिएको छ ।
छठका लागि सिँगारियो बागेश्वरी मन्दिरको तलाउ
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वलाई विशेष रुपमा सम्पन्न गर्न नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ठुलो तलाउलाई झिलिमिलि पारेर सिङ्गारिएको छ ।
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते सुन्दरहरैँचा–९ स्थित जेसीज भवनमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधान अनुसार हुने यो पहिलो जिल्ला सम्मेलन हो ।
प्युठानमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने
प्युठानमा २८ औं राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ
जीवन बचाउन आग्रह गर्दै २३ वर्षीय महते
दुवै मिर्गौलाले काम नदिने अवस्थामा पुगेपछि जीवन मरणको अवस्थामा पुगेका युवराज महते आफ्नो जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् । कलिलै उमेरमा मिर्गौलाले काम गर्न छाडेदेखि ३ वर्ष देखि निरन्तर डाइलोसिस गर्दै आएका उहाँ रकम अभावले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताउनुभयो ।
पिजी प्रवेश परीक्षा माघ २० देखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २० गते सम्पन्न हुने छ । यसै गरी जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने छ भने स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने भएको छ । डा. झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताउनुभयो ।