सहकारीविरुद्ध बचतकर्ता सडकमा
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरू सडकमा उत्रिएका हुन् ।
एनआरएन द सिङ्गरको अन्तिम दशको टुङ्गो
गैरआवासीय नेपाली संघको आयोजनामा भइरहेकोे रियालिटी शो ‘एनआरएन द सिङगर’ को अन्तिम दश जनाको टुंगो लागेको छ । काठमाडौँमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीमध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्याङ्कनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो ।
बाटो खुलेपछि स्याउ टिप्न सुरु
बाजुराका किसानले स्याउ टिप्न सुरु गरेका छन् । बाजुराको अर्ग्यानिक स्याउ बिक्रीका लागि बाहिर लग्नेगरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान समेतको व्यवस्था गरेको छ ।
प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता हो : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
चाड पर्वमा आवत–जावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना भएका छन् ।
बागमती प्रदेशका ३६० पत्रकारको सामूहिक दुर्घटना बिमा
सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश हेटौँडाले प्रदेशका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बिमा गरिदिएको छ ।
ग्रामीण बस्तीमा क्यान्सर शिविर
बाँकेको ग्रामीण क्षेत्रमा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी शिविर सञ्चालन गरिएको छ । नेकपा (एमाले) बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रको निरीक्षण ‘राहतमा कुनै कमी हुने छैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बझाङ सदरमुकाम चैनपुरलाई केन्द्रविन्दु बनाई मङ्गलबार गएको भूकम्पले बझाङलगायतका जिल्लामा क्षति भएको थियो । शुक्रबार चैनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले गरेको क्षति निरीक्षणपछि सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
क्यान्सर रोकथाम सरकारको प्राथमिकतामा
अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । स
२५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन प्रकरणका आरोपित २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १५ दिनको निरन्तरको सुनुवाइपछि शक्रबार थुनछेक आदेश गरेको हो । मैनालीको इजलासले मुद्दासाथ पेस भएका २६ मध्ये २५ लाई थुनामा पठाएको हो । विमानस्थल भन्सार एजेन्ट रक्मिाना सुब्बाबाहेक अन्यलाई थुनामा राख्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । सुब्बासँग पाँच लाख रुपियाँ धरौटी माग भएको छ ।
परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि
सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो ।
एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य
घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्नेगरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो । ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो ।
जहाज बिग्रिँदा तिस घण्टा अलपत्र
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल आउने यात्रु शुक्रबार साँझसम्म उडान नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् । हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्ज्वला दलीले बिहीबार जहाजमा आएको समस्या समाधान गर्दा समय लागेको बताउँदै उडान दलमा सहभागीहरूको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि जहाज नेपाल फर्किन समय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा उडानपूर्व गरिएको जहाजको निरीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि जहाज उतै रोकिएको हो ।
निजामती विधेयक संसद्मा दर्ता गरिँदै
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्णय गरेको थियो। विद्यालय शिक्षासम्बन्धी विधेयक यस अगाडि नै संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा भने संसद्मा अझै दर्ता हुन सकेको छैन। अहिले विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा नै रहेको छ।
सम्भावनालाई अवसरमा बदलौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधार हुने बिश्वास ब्यक्त गर्नुभएको छ । उहाँले जताततै निरासाका कुराले पनि बजार बिग्रिएको दाबी गर्नुभयो ।
ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण
गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ज्येष्ठ नागरिकहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवस्यक औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
पालिकाले बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता
गोरखाका ११ वटै पालिकाले बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित बालबालिका ऐन २०७५ को कार्यान्वयनसम्बन्धी कार्याशाला गोष्ठीमा ऐन कार्यान्वयनका लागि नौ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
शनिबारदेखि अन्तर क्लब टी–ट्वान्टी क्रिकेट
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबारदेखि महानगरस्तरीय अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका आठ क्लब सहभागी हुनेछन् ।
स्थानीय तहका कर्मचारी आन्दोलित
सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै ओखलढुङ्गाका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।
डोजरको ठक्करले बालकको मृत्यु
रुकुम पश्चिममा डोजर (स्काभेटर) को ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका –१० का भरत खड्काका ६ वर्षीय छोरा चन्द्रलाल खड्काको मृत्यु भएको हो ।
प्रत्येक वडामा कार्यालय स्थापना गर्दै माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ताप्लेजुङका प्रत्येक वडामा कार्यालय स्थापना गर्दैआएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादीले प्रत्येक वडामा कार्यालय स्थापना गर्न लागेको हो ।
जन्मदिनमा विद्यार्थीलाई पोसाक वितरण
राप्तीसोनारी गाउँपालिका –२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई पोसाक वितरण गर्नुभएकोछ ।
दुर्घटनाको जोखिम घटाउने योजनामा ट्राफिक प्रहरी
चाडपर्वमा सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ । त्यसकालागि आज यातायात व्यवसायीबीच अन्तरक्रिया गरेको छ ।
पोषण तत्वयुक्त बाली उत्पादन हुने कर्णालीमा कुपोषित बढी हुनु दुखद : मन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले पोषण तत्वयुक्त रैथाने बाली उत्पादन हुने कर्णाली प्रदेशमा अन्य प्रदेशका तुलनामा कुपोषित मानिस धेरै हुनु दखद भएको बताउनुभएको छ । पहिलो पटक हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस मनाउने कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।