तिहारमा पनि बिकेनन् दसैँका लागि ल्याइएका भेडाच्याङ्ग्रा
कास्कीको माछापुच्छरेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सातसय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुगाउनुभयो । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।
लुटपाट गर्ने दुई जना पक्राउ
सस्तोमा मोटरसाईकल मिलाइदिन्छु भन्दै जङ्गलमा लुटपाट गर्ने व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
स्कुटी दुर्घटनामा एक किशोरीको मृत्यु
माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पर्यटक लोभ्याउँदै वराह ताल
गोलो आकारको सुन्दर वराह तालले पर्यटकीय सम्भावना बोकेको छ । मालिका गाउँपालिका –७ बिमबाङमा रहेको सुन्दर बराह तालले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।
रुखबाट लडेर महिलाको मृत्यु
मकवानपुरको मनहरीमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्युभएको छ । मनहरी गाउँपालिका –७ रमौलीकी रीता सुनारी मगरको रुखबाट लडेर सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
एक हप्ते थाहा फिल्म फेस्टिबलको तयारी
मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिवल–२०२३ को तयारी तीव्र बनाइएको छ ।
विभिन्न कसुरमा १२५ जना पक्राउ
चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
आगलागीका घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइँदै
मोरङको उर्लाबारी–७, इटरोडस्थित दीपक कार्कीको घरमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये केहीलाई थप उपचारका लागि काठमाडौं लगिनेभएको छ ।
तराईमा छठका गीत गुञ्जिन सुरु
तराईवासीका बस्ती र घर आँगनमा छठका गीतहरु गुञ्जिन सुरु भइसकेका छन् । बस्तीका घर आँगन समेत सजिसजाउ भएका छन् ।
तिहारमा लिमिटेडको खाद्यान्न गोदाम रित्तै
खाद्य व्य वस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको खाद्यान्न गोदाम रित्तो भएको छ । अघिल्लो आर्थिक वर्षको खाद्यान्न मौज्दात नभएको र चालु वर्षको निर्धारित कोटाको खाद्यन्न हालसम्म ढुवानी हुन नपाएपछि गोदाम रित्तो भएको बताइएको छ ।
लिजको जमिनमा भागेश्वर माविको पुष्प खेती
उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यवसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ ।
एउटै स्रष्टाका दुई कृति विमोचन
साहित्यकार शारदा ज्ञवाली ढकालद्वारा लिखित ‘पोखिएको मन’ कविता सङ्ग्रह तथा ‘गजलश्रु’ गजल सङ्ग्रह विमोचन गरिएको छ ।
कल्याणकारी कोष स्थापनार्थ देउसी भैलो
पत्रकार कल्याणकारी कोष स्थापनाका लागि प्रेस चौतारी नेपाल पाल्पा शाखाले देउसी भैलो कार्यक्रम गरेको छ ।
ज्येष्ठ नागरिकका लागि पार्क निर्माण सुरु
गुल्मीको सदरमुकाम तम्घासको गेष्ट हाउस टोलमा ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका १ मा अवस्थित पुरानो सिमलारुख भनिने हालको गेष्टहाउस टोलमा रहेको करिब ४ आनाको सार्वजनिक जग्गामा यहाँका स्थानीयले ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सुरु गरेका हुन् ।
नवलपरासी जिप दुर्घटनाका मृतकको शव आफन्तलाई जिम्मा
पूर्वी नवलपरासीको दलदले बुलिगँटार सडकखण्डको देबचुली नगरपालिकाको गोरेघुम्तीमा आज ११ः१५ बजे भएको बोलेरो जिप दुर्घटनामा परी मृत्युभएका सबै सात शव आफन्तको जिम्मा लगाइएको छ ।
अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पपछिको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल गर्नुभएको छ।
आत्मानन्द अहिले साहित्यमा लिँदैछु : वसन्त चौधरी
सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे रे । उहाँले सुनाउनुभयो, “नेपाली दाजुभाइमा यस्तोसम्म सोच पाएँ । बडो अचम्म लाग्थ्यो । खिन्न हुन्थेँ, बिचलित भइनँ ।
केटिचौर र लामडाँडामा कलाकारको लाइभ कन्सर्ट
अर्जुन चौपारी गाउँपालिका-१ को केटिचौर र वडा २ लामडाँडामा विदेशी कलाकारले लाइभ कन्सर्टमार्फत स्थानीयलाई मनोरञ्जन दिएका छन् ।
बुटवलमा तीनदिने दीपावली महोत्सव सुरु
बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव २०८० सुरु भएको हो ।
मण्डली कपको उपाधि निस्दी खेलकुद विकास समितिलाई
‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समिति पाल्पाले जितेको छ । दिपावली तथा छठ पर्वको अवसरमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मणीमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३–२ सेटले पराजित गर्दै उपाधी हात पारेको हो ।
सेती नदीमा चार लेनको ‘सिग्नेचर पुल’को शिलान्यास
पृथ्वीराजमार्गअन्तर्गत रहेको पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शनिबार शिलान्यास गरिएको छ ।
अर्थोपेडिक अस्पतालमा ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया
काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालले ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको अप्रेसन वाल्क सिकागोको सहयोगमा आएका विशेषज्ञ डाक्टरसहितको ४० जना चिकित्सकको टोलीले घुँडाको शल्यक्रिया गरेको हो ।
धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरक चतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
मुख्य कुरा राम्रा काम गर्ने हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कति दिन प्रधानमन्त्री रहनेभन्दा पनि जनता, सुशासन, समृद्धिको पक्षमा राम्रो काम गर्ने कि नगर्ने भन्ने मुख्य कुरा रहेको बताउनुभएको छ । नेपाल कम्युनस्टि पार्टी (माओवादी कन्द्र) द्वारा कीर्तिपुरमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार कति रहन्छ भन्ने मुख्य नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “२०६४ साल एउटा स्थिति थियो । हामी ६४ मा फर्किन त सक्दैनौँ, आउने भनेको ८४ नै हो । हामी ८४ मा पनि ६४ जस्तै जनताको भरोसा र विश्वास जित्न सक्ने छौँ ।”