• १३ असोज २०८१, आइतबार

एउटै स्रष्टाका दुई कृति विमोचन

blog

कृति विमोचन कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, कात्तिक २७ गते ।
साहित्यकार शारदा ज्ञवाली ढकालद्वारा लिखित ‘पोखिएको मन’ कविता सङ्ग्रह तथा ‘गजलश्रु’ गजल सङ्ग्रह विमोचन गरिएको छ । पाल्पा साहित्य समाज प्रकाशक रहेको उक्त दुई कृति जनगायक रामेशले एक कार्यक्रमका बिच विमोचन गर्नुभयो ।

लक्ष्मी जयन्तीको अवसर पारेर दुई कृषि विमोचन गरिएको हो । सो अवसरमा रामेशले कृतिभित्र समावेश रचनाहरूले आम जनताले भोगेका अनुभूतिलाई शब्दमा अभिव्यक्त गरेको बताउनुभयो । जनतालाई केन्द्रमा राखेर कलाकार, साहित्यकार अघि बढेमा मात्र त्यस्ता साहित्य जीवन्त रहने धारणा उहाँले राख्नुभयो । समाजमा रहेका विकृति, विसङ्गति र विभेद अन्त्यका लागि साहित्य सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।

कृतिका समीक्षक लेखक प्रेमराज खरालले समाजमा भएको राजनैतिक विकृतिप्रति तीव्र आक्रोश, आमाको महिमा, प्रकृतिको चित्रण गरिएको बताउनुभयो ।