भूकम्पपीडितका लागि २२ पिन्ट रगत सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूका लागि पाल्पाको रामपुरमा २२ पिन्ट रगत सङ्कलन गरिएको छ । रामपुर नगरपालिकाले रक्तदान कार्यक्रम गरी बिहीबार रगत सङ्कलन गरेको हो ।
दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
बुटवलमा दीपावली महोत्सव हुने
बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो ।
निर्मल पुर्जाले लिनुभयो गैर आवासीय नागरिकता
हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) ले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैर आवासीय नेपाली नागरिकता लिनुभएको छ ।
लेड मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड
लेड (सिसा) मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सप्ताह २०२३ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र काठमाडौँले एकीकृत सामाजिक विकास केन्द्र नेपालगन्जसँगको सहकार्य र उपमहानगरपालिकासँगको समन्वयमा यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् ।
पर्यटन संस्कृति प्रवर्धन गर्न काव्ययात्रा आयोजना
पर्यटनको गन्तव्य बन्दैगएको पर्वतमा पर्यटन संस्कृति प्रवर्धनका लागि साहित्यसँग सम्वन्धित संस्थाको संयुक्त पहलमा काव्ययात्रा थालिएको छ । लोकसंस्कृति अध्येता तथा अनुसन्धानकर्ता कालीभक्त पन्तको जन्मभूमि फलेवासमा काव्ययात्रा गरिएको हो ।
थुनुवा कक्षमा एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । धनगढी –१६ घसिटाका ३१ वर्षीय कृष्णबहादुर सेटीको बिहीबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताउनुभयो ।
बयरघारी–ठूलीभञ्ज्याङ सडक धमाधम कालोपत्रे
भीरकोट नगरपालिकादेखि पर्वतको हुवास बजार जोड्ने बयरघारी, मोहनडाँडा, ठूलीभञ्ज्याङ सडकको कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ । भीरकोटको नगरपालिकातर्फ १२ किलोमिटर र पर्वततर्फ साढे छ किलोमिटर सडक छ ।
सामुदायिक वनमा झुसिलकिराको प्रकोप
वर्षा ऋतुको अन्त्य शरदमा सामान्यतया चारैतिर हरियालीले भरिएको हुन्छ भन्ने सबैको बुझाइ छ । तर पाल्पाको निस्दी गाउँपालिका –५ स्थित बुढिकोट सामुदायिक वनमा रहेको सालका बोटहरु कात्तिक महिनामै फागुन–चैतको झल्को दिनेगरी उजाड भइसकेको छ ।
महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा भेटिए
महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।
कालिका नगरपालिकामा खाना फाले कारबाही गरिने
चितवनको कालिका नगरपालिकाले सार्वजनिक स्थानमा आयोजना हुने भोजभतेर तथा होटलमा खाना फाल्न नपाउने नीति लिएको छ ।
उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटवार्तामा नेपाल र चीनबिचको सुमधुर सम्बन्धका विविध आयाममा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उहाँहरूबिच चिनियाँ परराष्ट्रमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युन्नान प्रान्तका अन्य नेतासँगको भेटमा हामीले व्यापार प्रवर्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्नेलगायतका आपसी हितका विषयमा छलफल भएको थियो ।
मतदाता शिक्षा कार्यक्रम : स्थानीय तहलाई जिम्मेवार बनाइने
निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई नै पूर्ण रूपमा जिम्मेवार बनाउने गरी कानुनको मस्यौदा गरिएको छ । स्थानीय तह र आम निर्वाचनमा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम निष्प्रभावी भएपछि आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० मा यस्तो प्रस्ताव गरेको छ ।
इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र
जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।
डाँडाकाँडाका पनि जरा हल्लिए
जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरेली पहाड, पिल चौर डाँडाका जरा नराम्ररी हल्लिएका छन् । पहाडका मात्र होइन, यसको फेदीलाई बास बनाएका मानिसका सास र बास उठे । बारम्बारको पराकम्पनको हल्लाइबाट थामिन धौ धौ भएका अजङ्गका पहाड पनि आड खोजिरहे झैँ हलचल गरिरहन्छन् । भूकम्पको हलचलले धेरै घर बगरका ढुङ्गा गिट्टी जस्तै सोत्र्याम्म भए । नढलेका घर पनि घर जस्ता छैनन् । धेरैको ज्यान गयो । बाँचेका घरमूली र परिवारजन कोही त्रिपालमुनि अनि कोही खुला आकाशमुनि अनिँदो बसिरहेका छन् ।
भिरबाट लडेर एकको मृत्यु
कर्णाली करिडोर अन्तर्गत लालीघाट बजारमा होटल व्यवसाय गर्दै आउनुभएका एक होटल ब्यबसायीको भिरबाट लडेर ज्यान गएको छ । पलाँता गाउँपालिका ९ थिर्पू स्थाई घर भएका बर्ष ४९ का होटल व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको हो ।
अग्निपीडित परिवारलाई वडाको सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका एक अग्निपीडित परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । फुरुम्बु लामाथान टोलका अग्निपीडित यामकुमार शिवाको परिवारलाई वडा कार्यालयले सहयोग गरेको हो ।
खजुराले थप पाँच लाख बराबरको सहयोग गर्ने
बाँकेको खजुरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिम्का भूकम्प प्रभावितलाई थप पाँच लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्ने भएको छ ।
तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ । महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको सभा हलमा आजबाट सुरु भएको सो सम्मेलनको एक कार्यक्रमवीच ओशो तपोवन नेपाल काठमाडौंका बोधीसत्य स्वामी आनन्द अरुणले उद्घाटन गर्नुभयो ।
भूकम्पपीडितलाई एक लाख सहयोग
गुल्मीदरबार गाउँपालिकाले भूकम्पपीडितलाई एक लाख रुपियाँ सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो ।
कृषि गणना २०७८ : प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बागमती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो ।
टिपरले किच्दा महिलाको मृत्यु
पाल्पामा टिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
पटका नपड्काउन धनुषा जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय धनुषाले पटाका नपड्काउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा २५ राष्ट्रका चिकित्सक सहभागी हुने
विश्व स्वास्थ्यका लागि आयुर्वेद भन्ने मूल नाराका साथ विभिन्न राष्ट्रका आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको बृहत् भेला आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।