• ४ जेठ २०८२, आइतबार

कालिका नगरपालिकामा खाना फाले कारबाही गरिने

blog

कालिका नगरपालिकाको कार्यालय ।

शालिग्राम नेपाल
चितवन, कात्तिक २३ गते ।
 चितवनको कालिका नगरपालिकाले सार्वजनिक स्थानमा आयोजना हुने भोजभतेर तथा होटलमा खाना फाल्न नपाउने नीति लिएको छ ।

पालिकाको बैठकले कार्यविधि बनाएर खाना फाल्नेलाई कारबाही गर्ने नियम ल्याएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । यसको सुरुवात पालिकाको कुनैपनि कार्यक्रम हुँदा फाल्दैनौ यदि कसैले फालेमा विधि अनुसारको कारबाही भोग्न तयार हुनु पर्दछ ।

खाना एक गाँस कम खाने तर मागेर फाल्न नपाइने । अन्न उत्पादनमा भएको लगानीको विषयमा बेवास्ता गर्न हुँदैन भनेर यो व्यवस्था ल्याएको उहाँले बताउनुभयो । किसानले उत्पादन गर्ने चामलको सितामा उसको मेहनत पालिकाले गर्ने बिउमा अनुदान, सिँचाइमा अनुदान, ट्याक्टरमा अनुदान, विषादीमा अनुदान लगायतमा लगानी भएको छ प्रमुख रेग्मीले भन्नुभयो खाना फाल्न नपाउने नियम कडाइका साथ लागु गर्दै लैजानेछु ।

लाखौँ मानिस खाना नपाएर मरेका छन् त्यसैले यो विषय हामी हरेक भोजभतेरमा ब्यानर राखेर फाल्न नपाउने व्यवस्था गर्दैछौ उहाँले भन्नुभयो ।परिवर्तन हामी आफैँले गर्ने भनेर काम गरेका छौँ । मिठो मसिनो खाऔँ खाना नपालौँ भनेर ब्यानर राख्छौँ । नगरपालिका भित्र हुने भोजभतेर र विवाह उत्सवमा खाना नपालौँ भनेर ब्यानर अनिवार्य राख्न लगाउने छौँ ।

ब्यानर राख्नका लागि टोलले समन्वय गर्दछ । मङ्सिर महिनाबाट यो नियमलाई कडाइका साथ लगाउने छौँ । पालिका भित्रको पार्टी प्यालेस, होटल लगायतको स्थानमा पनि यो नियम लागू गर्दै लैजाने तयारी रहेको पालिका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।