तिलाचन पाण्डे
तम्घास, कात्तिक २२ गते । गुल्मीदरबार गाउँपालिकाले भूकम्पपीडितलाई एक लाख रुपियाँ सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिनुभयो ।
भूकम्पपीडितको साथमा आफूहरु पनि रहेको भन्ने सन्देश दिन र पीडितको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।
केही दिन पहिले गुल्मी उद्योग वाणिज्य सङ्घले ३० हजार पाँचसय रुपियाँ सहयोग गरेको थियो । यस्तै, गुल्मी उद्योग सङ्घको आयोजनामा गुल्मीमा चलेको गुल्मी महोत्सवको गत शनिवार टिकट विक्रीबाट जम्मा भएको ५० प्रतिशत रकम पीडितलाई दिने घोषण गरेको थियो ।