नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको छ ।
गुल्मीबाट हप्ताको दुई दिन उडान नियमित
नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन नियमित उडान गर्ने भएको छ । यसअघि शुक्रबार मात्रै उडान भर्ने गरेको नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।
लोसपा पदाधिकारीमा आफन्त मनोनीत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारीमा आफन्त नै आफन्तलाई मनोनीत गरिएको छ । चार जना सांसद भएको लोसपा नेपालले ६२ सदस्यीय पदाधिकारी र ३११ सदस्यीय केन्द्रीय समितिमा आफन्तको बोलबाला भएको हो ।
पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर
विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोस्रो संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएका श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई भ्रष्टाचारमा कसुर ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको हो।
सङ्घमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी
स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्।
जडीबुटी सर्भिस लेन द्रुत बसलाई चुनौती
सूर्यविनायक–रत्नपार्क सडकमा सञ्चालनमा ल्याइएको द्रुत बस सेवालाई कतिपय ठाउँका पूर्वाधार निर्माण पूरा नभएका कारण सवारी आवागमन अरू असहज बनेको छ। विशेष गरी माइतीघर–सूर्यविनायक छ लेन सडकको कोटेश्वर–जडीबुटी खण्डको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिण दुवैतिरको सर्भिस लेन नबन्दा उक्त सडकखण्डमा ट्राफिक समस्या झन् बढेको छ।
कांग्रेस महासमिति बैठक मङ्सिर १३ देखि १५ सम्म काठमाडौंमा हुने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नीति महाधिवेशनको काम पनि महासमिति बैठकले गर्ने गरी आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैंकिङ कसूर गरी फरार रहेका तीन पक्राउ
बैकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार तीन दिन कैद, सात लाख ७७ हजार ८९० रुपियाँ बिगो जरिवाना र क्षतिपुर्ति बापत पीडितलाई ३१ हजार हजार ११५ रुपियाँ जम्मा गराउने ठहर भएको प्रतिवादी बागलुङका ५४ वर्षीय भिमनाथ उपाध्याय पक्राउ परेका छन् ।
तम्घासमा चौथो पुलचोक कप हुँदै
गुल्मीमा चौथो पुलचोक कप सञ्चालन हुनेभएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित पुलचोक स्पोर्टस क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता हुनेभएको हो ।
डेङ्गी सङ्क्रमणबाट थप एकको मृत्यु
पाल्पामा थप एक जनाको डेङ्गी सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी –१, चिदीपानीका ३५ वर्षका युवक रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
उद्यमीहरुको कोसेली घर सञ्चालनमा
बुटवलमा सोमबारदेखि कोसेली घर सञ्चालनमा आएको छ । उद्योग बाणिज्य संघको हलमा महिला उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा बिक्री वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याइएको हो ।
कमैयाडाँडामा प्रसूति भवन तथा एम्बुलेन्स सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिका –६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसुति भवन तथा एम्वुलेन्सको उदघाटन गरिएको छ ।
सङ्घीयतालाई सफल बनाउने काम हाम्रो हो : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
राप्तीसोनारीमा ‘गुनासो एप’ सञ्चालनमा
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो ।
शीतोष्ण बागवानी विकास केन्द्रको ५७ वर्ष
शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको छ ।
पहिरो पीडितलाई अस्थायी आवास गृह हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको अस्थायी आवास गृह (घर) पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ । मैवाखोलाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास घर पीडित परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो ।
नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ । आइतबार १९.४२ अङ्क गिरावट आएको नेप्से परिसूचक सोमबार ५.८९ अङ्कले घटेर २००४.४५ बिन्दुमा झरेको छ ।
नदीले बगाउँदा एकको मृत्यु
दरौंदी नदीले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उहाँको ज्यान गएको हो ।
एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटियो
वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ अधेरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे निर्माणसँगै एक घण्टा लाग्ने ठाउँमा अब पाँच मिनेटमा छोटिएको छ ।
च्याछरा झरना घुम्न आउने पर्यटक बढे
नाम्खा गाउँपालिका– २ को च्याछरा झरनामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बृद्धि भएको छ । जिल्लाकै लामो झरना भएको र आउजाउ गर्न समेत सहज भएको कारण उक्त झरना घुम्न जाने पर्यटक सङ्ख्यामा बृद्धि भएको हो ।
वधशाला निर्माणको काम अलपत्र
घोराहीमा मासु पसललाई व्यवस्थितसँगै एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अलपत्र परेको छ ।
टोलमै आएर सुरक्षा भत्ता वितरण
रामपुर नगरपालिकाले टोलमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले हरेक नागरिकको सहजताका लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।
बलात्कार गरेको आरोपमा पक्राउ
सुर्खेतमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्षभन्दा कम उमेरका रहेका छन् । एक जना १९ वर्षीय पुरुष छन् ।
पाँचथरबाट एमालेका २९ जना प्रतिनिधि चुनिए
नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशनका लागि एमाले पाँचथरले ८ वटा स्थानीय तहबाट २९ जना प्रतिनिधि छनौट गरेको छ । एमालेको प्रदेश अधिवेश असोज १२ र १३ गते विराटनगरमा हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।