चर्च ब्वाइजको विजयी सुरुवात
बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ ।
शनिबारदेखि यल कप ब्याड्मिन्टन प्रतियोगिता हुने
ललितपुरमा प्रतिष्ठित ब्याड्मिन्टन प्रतियोगिताका रूपमा रहेको यल कप रनिङ शिल्डको १३ औँ संस्करण शनिबार सुरु हुनेभएको छ । ललितपुरका टोलबिच २०६५ मा पहिलो पटक भएको प्रतियोगिताको हरेक वर्ष फरक आयोजकले गर्ने परम्परा छ ।
बुद्धभूमिमा महोत्सवको तयारी हुँदै
होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले आयोजना गर्न लागेको महोत्सवमा सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अरिङ्गालले टोकेर एकको मृत्यु
अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्युठानमा माछापालन क्षेत्र विस्तार
पछिल्लो समय जिल्लाको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा समेत माछापालन व्यवसाय विस्तार भएको छ ।
खानेपानीको स्रोतको संरक्षण गर्नुपर्नेमा जोड
स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क भयो मझुवागढी क्षेत्र
जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ ।
तीन महिनामा दुई हजार पर्यटकले गरे फोक्सुण्डो भ्रमण
फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । सडक यातायातको पहुँचसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
बेलायतसहित युरोपका वित्त संस्था नेपालमा लगानी गर्न इच्छुक
संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
नेपालको स्तरोन्नतिलाई अमेरिकाले सघाउने
सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदमार्फत अमेरिकी सरकारले नेपाल अमेरिकाको पुरानो र अभिन्न मित्र रहेको सन्देश दिँदै नेपालको विकास समृद्धिमा अमेरिकाको साथ र सहयोग सदैव रहने प्रतिबद्धता जनाएको हो ।
विश्वभरका द्वन्द्व अन्त्य गर्न लुम्बिनीबाट आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य र विश्व शान्तिको कामना गर्नुभएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि महासचिव गुटेर्रेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भइरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्नुभयो । बुद्धको जन्मस्थल लुम्बिनी आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले बुद्धको पञ्चशीलको दर्शन र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो भएको उल्लेख गर्नुभयो । “शान्ति र मानवता अपरिहर्य विषय हो, मानवीयता मर्न दिनुहुन्न,” उहाँले भन्नुभयो, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ ।”
मिठाईको पर्व तिहारमा चिनी अभाव
सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।
दलितभित्रै चर्को जातीय विभेद
गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।
शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रमको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मदनचोकबाट पाँच जुवाडे पक्राउ
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका –३ मदनचोकबाट दिउँसो नगद रकमसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा भएको छ ।
घोडाघोडीमा पर्यटक बढेसँगै रोजगारी सिर्जना (फोटो फिचर)
जैविक विविधताले महत्त्वपूर्ण रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा हिजोआज पर्यटकको चहलपहल बढेको छ ।
भोलिदेखि जिरी च्याम्पियनसिप हुने
दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने माग गरिएको छ । नियमित सञ्चालन नभएमा चरणबद्ध आन्दोलन गरिने सिद्धार्थ सञ्जाल रुपन्देहीले जनाएको छ ।
नरैनापुर मलेरियाको उच्च जोखिममा
भारतीय सिमानासँग जोडिएको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सो गाउँपालिकाका अधिकांश स्थानीयको भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो ।
लुम्बिनीबाट गुटेरेसले गर्नुभयो विश्व शान्तिको कामना
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले लुम्बिनी आएर संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि विश्व शान्तिको कामना गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि बोल्दै गुटेरसले सो कामना गर्नुभएको हो ।
प्राविधिक विश्वविद्यालयको कार्यालय खजुरामा रहने
लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ ।
पर्यटकीय क्षेत्रको विकास गर्न महोत्सव आयोजना
बिरुवा गाउँपालिका –७ गहतेमा रहेको मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिएको छ ।
१७ लाख मूल्य बराबरको अवैध मालसामान बरामद
सशस्त्र प्रहरी कार्यालय धनुषाले १७ लाखभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ । जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपियाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।