बङ्गालोमा आगलागी पाँच लाखको क्षति
गुल्मीमा बङ्गालोमा आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका–६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबारनै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
शान्ति प्रक्रिया प्राथमिकतामा परेको भ्रमण
तत्कालीन सरकार र विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच शान्ति सम्झौता भएको आउँदो मङ्सिर ५ गते १७ वर्ष पुग्दै छ । माओवादी सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल कार्य पूरा भए पनि द्वन्द्वकालीन मुद्दा १७ वर्ष पुग्दासमेत टुङ्गो लाग्न सकेको छैन ।
सर्वोच्चका न्यायाधीशभन्दा प्रदेश सभामुख माथि
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेस गर्ने तयारी अनुसार समितिले पारित गरेको हो । दर्ताको आठ महिनापछि विधेयकको दफाबार छलफल टुङ्गो लागेको हो । परिमार्जनसहित विधेयकको प्रतिवेदन समितिले पारित गरेको छ । समितिको प्रतिवेदनमा संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशको मर्यादाक्रम मिलाइएको छ । यसअघि प्रस्तावित विधेयकमा प्रधान न्यायाधीशको मर्यादाक्रम पाँचौँ नम्बरमा थियो । पारित प्रतिवेदनमा चौथो नम्बरमा राखिएको छ । प्रधान न्यायाधीशको हाल सरकारले तोकेको मर्यादाक्रम पनि चौथो स्थानमै छ ।
मैले देखेँ हिमालमा त्रासदी : महासचिव गुटेर्रेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हिमाली क्षेत्र र नेपालमा पर्दै आएको जलवायु परिवर्तनको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । विश्वकै सर्वोच्च निकायका व्यक्तिबाट प्रत्यक्ष रूपमा नेपालले र अप्रत्यक्ष रूपमा विश्वले नै भोग्नु परेको कहालीको प्रत्यक्ष अवलोकन भएको हो ।
एपको अनुमतिपत्रलाई आंशिक अनुमति
सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ । चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘स्मार्ट गभर्नेन्सको नयाँ यात्रा’ नाम दिइएको यस प्रावधान अनुसार चालक अनुमतिपत्र साथमा नबोके पनि अब ट्राफिक प्रहरीले जाँचका क्रममा जरिबाना तिराउने छैन । तर यसका लागि चालकले चालक अनुमतिपत्रको विवरण नागरिक एपमा राख्नु पर्छ । नागरिक एपमा राखिएको विवरणले मान्यता पाउने छ । यो प्रावधान कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले मुलुकभरिका ट्राफिक कार्यालयलाई परिपत्र गरिसकेको छ । अहिले जाँचका क्रममा चालकले सक्कलै चालक अनुमतिपत्र देखाएपछि मात्र छाड्ने गरेको छ । चालक अनुमतिपत्र साथमा नभएको अ
आगलागीबाट दुई घर जलेर नष्ट, चार लाख बढीको क्षति
जिल्लाको बडीमालिका नगरपालिका –८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने
रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो ।
तरकारीको वेर्ना अनुदानमा वितरण गर्दै नगरपालिका
पाल्पाको रामपुर नगरपालिकाले तरकारीका विरुवा उत्पादन गरी कृषकलाई अनुदानमा वितरण गरेको छ । कृषकको प्रोत्साहनका लागि नगरपालिकाले आफ्नै हाइटेक टनेलभित्र विरुवा उत्पादन गरी ५० प्रतिशत अनुदानमा विरुवा प्रदान गरेको हो ।
करको दायरा बढाउन वडामा दर्ता शिविर
हेटौँडा उपमहानगरपालिका आन्तरिक स्रोत बढाउनेक्रममा करको दायरा बढाउनेतर्फ लागेको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसाय सञ्चालन गर्दैआएका तर करको दायरा बाहिर रहेका व्यवसायीलाई लक्षितगरी उपमहानगरपालिका कार्यालयले व्यवसाय दर्ता शिविर सुरु गरेको हो ।
नेपालका करिब ६० प्रतिशत घर एकतले
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् ।
रानिटार युनाइटेड र सुकेटार लुङरुपालाई उपाधी
बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधी सुकेटार फुटबल टिम लुङरुपाले जीतेको छ ।
विपन्नलाई दाहसंस्कारमा सघाउँदै धनगढी उपमहानगरपालिका
धनगढी, कात्तिक १३ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई मृतक व्यक्तिको दाहसंस्कारमा सघाउन थालेको छ ।
बाँकेमा गड्यौलाबाट मल उत्पादन सुरु
मलको अभाव झेल्दै आएको बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ ।
शौचालयबाट भाग्ने अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न लगेको समयमा शौचालयबाट भागेका अभियुक्त पक्राउ परेका छन् ।
दसैंमा ८९५ सवारी साधन कारबाहीमा
विजयादशमीको अवधिमा जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले ८९५ वटा सवारी साधनलाई कारबाही गरेको छ । असोज २८ गते (घटस्थापना) देखि कात्तिक १० गते (पूर्णिमा) सम्मको अवधिमा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी साधनलाई कारबाही गरी छ लाख ५४ हजार राजस्व संकलन गरेको जनाएको छ ।
मोटरसाइकलसहित डेढ लाख बराबरको सामग्री बरामद
यहाँस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
माटोको ढिस्कोले पुरेर मोरङमा एक जनाको मृत्यु भएको छ । घर पोत्ने माटो खन्नेक्रममा ढिस्को खसेर पुरिएर मोरङको बेलबारी नगरपालिका–१० का सुनिता राजवंशी आइतबार साँझ गम्भीर घाइते हुनुभएको थियो ।
कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।
तातोपानी कुण्डमा स्नान गर्नेको भिड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भीड बढेको हो ।
माओवादी अभियान एक महिना थपियो
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो । पार्टी सचिव लीलामणि पोखरेलले गत भदौ १६ गतेदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको बताउनुभयो ।
समयमै अस्पताल नपुग्दा मस्तिष्कघात बन्छ घातक
मस्तिष्कघातका बिरामी ढिलो गरी अस्पताल आउँदा पूर्ण रूपमा निको पार्न र बचाउन कठिन हुने गरेको छ । मस्तिष्कघात भएको ३० मिनेटदेखि तीन घण्टासम्म अस्पताल पुर्याएर विज्ञ चिकित्सकबाट उपचार गराउन सकेको अवस्थामा मस्तिष्कघात पूर्ण रूपमा ठिक हुने सम्भावना बढी रहन्छ तर बिरामी ढिलो गरी अस्पताल आइपुग्दा बचाउन कठिन हुने गरेको हो । ढिलो उपचार गर्दा बिरामीलाई पहिलेको अवस्थामा पूर्ण रूपमा ल्याउन नसकिने सम्बन्धित विज्ञहरूको भनाइ छ । वरिष्ठ न्युरोरोग विशेषज्ञ डा. लेखजङ्ग थापाले मस्तिष्कघात भएका बिरामी अस्पतालसम्म आउँदा बचाउन सक्ने अवस्था तथा पहिलेकै जस्तो अवस्थामा ल्याउन सक्ने समय गुज्रिसक्ने बताउनुभयो ।
वित्त व्यवस्थापनमा सबल बन्दै स्थानीय तह
सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा स्थानीय तह क्रमिक रूपमा सबल बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकारकै रूपमा स्थापित गराएपछि स्थानीय तह सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सबल बन्दै गएको हो । अहिलेसम्म ७५३ वटै स्थानीय तहले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लागु गरेका छन् । ती स्थानीय तहले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति (लिजा) तयार गरेका, ६४१ ले वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गरेको, ५७९ ले मध्यकालीन खर्च संरचना तयार गरेका, ३७५ ले राजस्व सुधारको योजना तयार गरेको र ६९ स्थानीय तहले आन्तरिक नियन्त्रण प्रणाली लागु गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
पोखरामा विद्युतीय शवदाह गृह
पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।