मनकामना केबलकार सञ्चालनमा
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
गलकोटका किसानलाई धान भित्र्याउने चटारो
बागलुङको गलकोट नगरपालिकाका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो भएको छ । तस्बिर : रामबहादुर थापा, रासस
चार हजारभन्दा बढी भक्तजनलाई प्रसाद वितरण
बाँकेको नेपालगन्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजार बढीले प्रसाद ग्रहण गरेका छन् ।
असनका तुलाधरको खड्गजात्रा
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन् ।
दूध र चीजका लागि सानन बाख्रा
सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।
रसुवाका ग्रामीण सडक खुला
वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।
दसैंमा पनि सडक कालोपत्रेको काम जारी
कालीकोटको रास्कोट नगरपालिका भित्रको मिनि बजारको कामले तिब्रता पाएको छ । दसैंको दिनमा पनि बजारभित्रको सडक कालोपत्रेको काम जारी रहेको छ ।
प्रदर्शनमा राखिएका दुर्गा भगवतीको मूर्ति विसर्जन
कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो ।
मूर्ति विसर्जनमा सहभागी भक्तजनलाई निःशुल्क पानी
नेपालगञ्मा दुर्गा मुर्ति विर्सजनमा सहभागी भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज –४ ले फत्तेबाल आँखा अस्पताल अगाडि निःशुल्क पानीको व्यवस्था गरेको हो ।
भारतले ९५ हजार टन गैर बासमती चामल नेपाललाई दिने
भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमति वर्गको अरुवा चामल (नन् बासमति ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको छ ।
बृद्धबृद्धालाई नातीसँग जोड्न मातापिता प्रतिष्ठान
वालिङका युवाहरुले स्वतःस्फूर्त रुपमा बृद्धबृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न मातापिता प्रष्ठिान गठन गरेका छन् ।पछिल्लो समय युवा तथा बालकालिकाहरु मेवाइल, ल्यापटपजस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धाहरु एक्लै परिरहेको भन्दै युवाहहरुको सक्रियतामा प्रतिष्ठान खालिएको छ ।
पत्रकार पराजुलीको अङ्ग्रेजी कथासङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा
पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उहाँका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् ।
रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा
नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन ६ वर्षअघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र प्लाष्टरलगायत काम अगाडि बढिरहेको छ ।
नेवार समुदायले मनाए खड्ग (पाया) जात्रा (फोटो फिचर)
काठमाडौँ, कात्तिक ८ गते । दशैको टीकाको दिन देशभर उल्लासमय टीका मनाइरहेका बेला नेवार समुदायहरु भने खड्ग जात्रा (पाया जात्रा) पनि मनाएका छन् । विजयादशमीका दिन नेवार समुदायमा मनाइने खड्ग जात्रा (पाया जात्रा) धूमधामका साथ मनाइएको छ । विजया दशमीका दिन शक्तिपीठमा तन्त्र साधनासहित खड्ग धारणा गरी खडगजात्रा मनाइएको हो । यो जात्राको क्रममा मूलतः यट्खाबाट कंकेश्वरी, टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नील वाराही, र मध्यरातमा तलेजु भवानीलगायतका शक्तिपीठमा गएर जात्रा मनाइने गरिन्छ । जात्राका क्रममा खड्ग धारण गरेर टोल परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिन्डोलाई खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको नेवार समुदायका अगुवाहरुको भनाइ छ ।
गाईको गहुत प्रशोधन गरीे ‘गोअर्क’ उत्पादन
भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।
दसैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी
विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।
बैतडीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्युु
बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका –५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् ।
उपमहानगरपालिकाद्वारा फूल किनेर किसानको प्रोत्साहन
कैलालीको धनगढी उपमहानगरपालिकाले दसैंको बेला बिक्री हुन नसकेको किसानको फूल खरिद गरेर प्रोत्साहित गरेको छ ।
मुस्लिम सदस्यहरुले पनि लगाए दसैंको टीका जमरा
सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडा दसैंको दिन शुभसाइतमा मंगलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।
नेपालले जित्यो एसिसी यू १९ प्रिमियर कपको उपाधी
नेपालले एसिसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।
वरघरियाको हातबाट टीका थाप्दै थारु सदस्य
विजयादशमीको अवसरमा शुक्लाफाँटा नगरपालिका –३ पिपलाडीका थारु महिला मङ्गलबार वरघरियाको हातबाट टीका थाप्दै । थारु समुदायमा पहुरा (कोशेली) सहित गाउँको मुख्य व्यक्ति वरघरीयाको हातबाट टीका थाप्ने चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
नीलकण्ठको दर्शन, टीका र जमरा ग्रहण
विजया दशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ ।
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।