जलवायु परिवर्तन सम्मेलनमा नेपाल, क्षति भरणमा केन्द्रित
विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्दै कार्बन उत्सर्जन घटाउने मुख्य उद्देश्यसाथ आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) हुँदै छ । नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्ने सम्मेलन दिगो विकासको लक्ष्यमा हरित उत्थानशील विकासलाई प्रोत्साहित गर्ने र कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनले उत्पन्न गराएको हानि नोक्सानीको भरणपोषणको कार्यान्वयनमा केन्द्रित हुने छ ।
अझै सञ्चालन भएन सुधारगृहको विद्यालय
सहकर्मीको मृत्युपछि बाल सुधारगृह तोडेर भागेका बालबन्दी सुधारगृहमा फर्किए पनि बाल सुधारगृह पूर्ववत् सञ्चालन हुन सकेको छैन । सुधारगृहमै खाने, बस्ने, खेल्ने, पढ्नेलगायतका सुविधा सरकारले उलब्ध गराउँदै आएको भए पनि भदौ ४ गतेको घटनामा डेक्सबेन्च पूर्ण रूपमा क्षति भएकाले बालगृह सञ्चालन हुन नसकेको हो । सुधारगृहमा रहेका एक जना सहकर्मीको मृत्यु लापरबाहीका कारण भएको भन्दै सुधारगृहमा रहेका बालबालिकाले सानो ठिमीमा रहेको सुधारगृह तोडफोड गरेका थिए । उक्त घटनामा २११ जना सुधारगृहबाट भागेका थिए ।
सत्र जनप्रतिनिधि रिक्त
गत स्थानीय निर्वाचन सम्पन्न भएयता हालसम्म १७ वटा वडा नेतृत्वविहीन भएका छन् । कुल २१ वटा जनप्रतिनिधिको पद रिक्त रहेकामा १७ वडाध्यक्ष, एक एक वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, एक जिल्ला समन्वय समितिका प्रमुख र एक प्रदेश सभा सदस्यको पद छ । सबैभन्दा बढी नेपाली कांग्रेसबाट निर्वाचित १२ जनप्रतिनिधिको पद रिक्त छ । संवैधानिक र कानुनी व्यवस्थाबमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले रिक्त रहेको पदका लागि उपनिर्वाचनको मिति घोषणा गर्ने छ । संविधानको धारा २१५ मा अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने उल्लेख छ ।
सङ्घमा आउने बाटो बन्द गर्दै विधेयक
कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित हुने भएका छन्। कर्मचारी समायोजनका क्रममा सङ्घमा सम्बन्धित सेवा, समूह र पदको दरबन्दी हुँदाहुँदै सरकारले तत्काल दरबन्दी लुकाई सम्बन्धित कर्मचारीलाई जानकारी नै नदिई प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएको गुनासो त्यस्ता कर्मचारीले गर्दै आएका छन्।
गोरखाका यातायात व्यवसायी विरोधमा
गोरखाका सबै सडकमा खुलेआम रातो प्लेटको गाडीले यात्रु बोक्न थालेपछि यातायात ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । आफनो ब्यक्तिगत प्रायोजनमा लिएका गाडीले धमाधम यात्रु बोक्न थालेपछि जिल्लामा रहेका यातायात व्यवसायीहरु विरोधमा उत्रेका हुन् ।
झेर्दिमा दूध संकलन केन्द्र स्थापना
गुल्मीको छ्त्रकोट गाउँपालिका –१, हुँगा झेर्दिमा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको सो संकलन केन्द्रको एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले बैङ्किङ कसुरका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
गौहत्या नियन्त्रणको माग गर्दै सद्भाव र्याली
धार्मिक सहिष्णुता कायम राख्दै गौहत्या र गौतस्करीको नियन्त्रणको मागसहित झापाको दमकमा शान्तिपूर्ण सद्भाव र्याली प्रदर्शन गरिएको छ । ओमकार परिवारको नाममा आइतबार अपरान्ह दमक र्याली ले नगर परिक्रमा गरेको थियो ।
डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे
पाल्पामा डेङ्गु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जना बिरामी डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
इखाबुका पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
फरार रहेका चार प्रतिवादी पक्राउ
कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मलङ्वाको जनजीवन सामान्यतर्फ उन्मुख
सर्लाही सदरमुकाम मलङ्गवाको जनजीवन आज सोमबारदेखि सामान्य बन्दैगएको छ । गत शुक्रबार श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको विवाद बढ्दै गएपछि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको थियो ।
नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
कर्मचारी नहुँदा नागरिकता वितरण रोकियो
कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अर्को कार्यालय उपस्थित नहुँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।
अटो दुर्घटनामा एकको ज्यान गयो
डोटीको बडीकेदार गाउँपालिका–१ रुमाल भिरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
खर्च विवरण सार्वजनिक गर्न निर्देशन
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी गराउन निर्देशन दिएको छ। आयोगले खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई यसअघि नै १५ हजार रुपियाँ जरिेबाना गर्ने निर्णय गरिसकेको छ।
कान्ति बाल अस्पताल घटना : दोषीमाथि कारबाही गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनाका दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आकासे पुलमा लिफ्ट जडान हुने
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आकासे पुललाई अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान सुरु गरेको छ। आकासे पुलमा लिफ्ट जडान गरी अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउन लागिएको हो। अभियानको पहिलो चरणमा परीक्षण परियोजनाका रूपमा महानगरभित्रका तीन वटा आकासे पुलमा लिफ्ट जडान गर्न लागिएको छ।
छ हजार वडामा पुग्यो माओवादी अभियान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१ वडामा भने अभियान सुरु हुन सकेको छैन ।
सञ्चालन नहुँदै डबली जीर्ण
लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
पूर्व राष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री वीर अस्पतालमा
स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति डा. रामवरण यादव आइतबार साँझ वीर अस्पतालमा भर्ना हुनुभएको छ ।
चितुवाको आतङ्क : तीन व्यक्ति घाइते
नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतङ्क फैलिएको छ ।
पोखरामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको आइतबार उद्घाटन भएको छ ।
नक्कली मह बनाउने भारतीय नागरिक पक्राउ
चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।