अपाङ्गता भएका व्यक्तिलाई अवसरको खाँचो
अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि उत्पादनमा जोडिन नसकेको गुनासो गरेका छन् । तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाएर रोजगारीसँग जोडी आत्मनिर्भर बनाउने भने पनि व्यवहारमा त्यस्तो नहुनेगरेको उहाँहरूको गुनासो छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको कमल गाउँपालिका –३ बगानेटोल क्याम्पा सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । शनिवार विहान ११ बजेतिर मे २ प ५९२३ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मुस्ताङको छोसेरका घर–घरमा खानेपानी धारा
खानेपानी सुविधाबाट वञ्चित मुस्ताङको लोमान्थाङ गाउँपालिकाको –१ र २ छेसेरका घर–घरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।
सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बन्ने
सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय ससद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चय
मेरो ध्यान नीतिगत परिवर्तनमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । नेत्रविव्रmम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीहरूसँगको शुव्रmबारको भेटमा उहाँले नीतिगत परिवर्तनबिना परिवर्तनको अनुभूति नहुने बताउनुभयो ।
शरद आरोहणको तयारी सुरु
यस वर्षको शरद ऋतु (असोज-कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् ।
बस दुर्घटनामा सातको मृत्यु, तीसजना घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिबद्धता हो: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकास लक्ष्य राजनीतिक प्रतिबद्धता भएको बताउनुभएको छ ।
साक्षरता दिवसमा विद्यार्थीलाई सम्मान
५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कोठाबाटै आमा–छोरा बेपत्ता
कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।
तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सुझाव
कानुनले गर्भपतनको व्यवस्था गरे पनि जहाँ पायो त्यहीँ गर्भपतन गराउँदा जोखिम बढेको भन्दै तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सरोकारवालाले सुझाव दिएका छन् ।
बङ्गुरको नश्ल सुधार गर्दै शिवराज नगरपालिका
कपिलवस्तुको शिवराज नगरपालिकाले बङ्गुरको नश्ल सुधार गर्ने भएको छ । पालिकाका बङ्गुरपालक कृषकको उत्पादन वृद्धि गर्न पशु विकास शाखाले उन्नत जातको पाठापाठी वितरण गरेको छ ।
७३ जनाद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता
गुल्मी अदालतमा गत आर्थिक वर्षमा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गराएका छन् ।गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी परेका कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
ऐन बन्न ढिलाइ नै मुख्य समस्या
सरकारले शुक्रबार २० औँ निजामती सेवा दिवस मनाउँदै छ । सरकारले निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरेको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको छ ।
नतिजामुखी सेवा र सुशासन : मन्त्री देवी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीले इमानदार, प्रतिबद्व र नतिजामुखी भएर सेवा गर्दा मात्र मुुलुकले समृद्वि र सुशासन हासिल गर्ने बताउनुभएको छ । उहाँले निजामती कर्मचारीको नतिजामुखी प्रशासनमार्फत देश र जनताको सेवा गर्न ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
प्रमको न्युयोर्क भ्रमणको अन्तिम तयारी
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न संयुक्त राष्ट्रसङ्घको महासभाका लागि हुने भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने
फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनरावेदनको सुविधा दिनुपर्ने व्याख्या सर्वोच्चले रिट निवेदनमार्फत गरेको हो ।
मकवानपुरको ‘ठेकी’ लोप हुँदै
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
गाउँपालिकाद्वारा स्याउ जफत
भदौ महिनाभर स्याउ टिप्न नपाइने भनेर गरिएको निर्णय कार्यान्वयन नभएको भन्दै घरपझोङ गाउँपालिकाले २५ केजी स्याउ जफत गरेको छ ।
सेवाग्राहीका लागि वडाले ल्यायो टोलफ्रि नम्बर
कालीकोटको पचालझरना गाउँपालिका –९ ले टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ । वडा कार्यालयले नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्रि नम्बर प्रयोगमा ल्याएको हो ।
पृतनापति समन्वयात्मक बैठक : उपप्रधानमन्त्री खड्काको सम्बोधन
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताउनुभएको छ।
अल्मुनियम कन्टेनरले नेपाल फर्किएका आचार्य
कपिलवस्तु शिवराज नगरपालिका–११ जालिमवगियाका जीवन आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको लागि कतार पुग्नुभएको थियो ।
दुर्घटनामा महिलाको मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा दुर्घटनामा परी बिहीबार दिउँसो ४ः१५ बजे एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार
इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।