डिजिटल प्रविधि र मिडियाबारे कार्यशाला
डिजिटल प्रविधि र मिडियाबारे दुईदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । पत्रकारहरूले डिजिटल प्रविधिको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमूलक रिपोटिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
सप्तरीमा चाडपर्वमा विशेष सुरक्षा योजना
सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी २३ बुँदे विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
स्वस्थ खसीबोका बिक्री गर्न पहल
पशु सेवा विभागले उपत्यकामा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । दसैँलाई लक्षित गरेर ल्याइने खसीबोका अस्वस्थकर हुुन सक्ने भएकाले स्वस्थ खसीबोका वितरण गर्न आइतबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो । परीक्षणपश्चात् स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो स्टिकर लगाइने विभागले जानकारी दिएको छ ।
कर्मचारी र सरकारबिच सहमति
स्थानीय तहमा कार्यरत कर्मचारी र सरकारबिच १९ बुँदे सहमति भएसँगै दुई सातादेखि कर्मचारीले गर्दै आएको सडक आन्दोलन फिर्ता भएको छ । सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्नेलगायत २० वटा माग राख्दै कर्मचारीले काठमाडौँमा सडक आन्दोलन गर्दै आएका थिए ।
विश्वविद्यालय विधेयक संसदमा
चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनुपर्ने बहस सुरु भएको छ । नेपालमा चिकित्सा विज्ञानसँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सङ्घीय संसद्को माथिल्लो सदनमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पेस भएको छ । विधेयक पेस भएपछि बहस सिर्जना भएको हो ।
संविधानको जानकारी पाउनु नागरिकको वैध अपेक्षा
संविधान कानुनका विषयमा सूचना पाउनु नागरिकको वैध अपेक्षा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ । निःशुल्क संविधान वितरणको माग गर्दै अधिवक्ता विकास भट्टराईद्वारा दायर रिटमा आदेश गर्दै सर्वोच्चले आफूले दिएको सुझावबारे जानकारी पाउनु सामान्य अपेक्षा भएको व्याख्या गरेको छ ।
मेलम्चीको मुहान सारिने
मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिनुभयो। एडिबी सो आयोजनाको दातृ निकाय हो। मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ।
स्थानीय तहलाई पठाइयो नमुना कानुन
सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि नमुना कानुन निर्माण गरेको हो । कतिपय कानुन निर्माणका लागि स्थानीय तहसँग अनुभव र दक्ष जनशक्तिको अभाव हुँदा सङ्घीय सरकारले स्थानीय तहको कामलाई सहजीकरण गर्न नमुना कानुन निर्माण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त
इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।
वडा कार्यालय भवनको उद्घाटन
मकवानपुरको मनहरी गाउँपालिका ७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको आइतबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो ।
आयोजक डाँगीहाट फुटबल क्लव विजयी
उद्घाटन खेलमा भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० ले हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब छैटौं बेलबारी गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने
सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।
बाढीपीडितलाई होटल एशोसियसनको सहयोग
होटल एशोसियसन धनकुटाले भारतको सिक्किमका बाढीपीडित परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेको छ । एशोसियसनले सिक्किमका बाढीपीडितका लागि २ लाख २३ हजार ४ सय २५ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
पर्वको संरक्षण गर्न क्षेत्री समाज आवश्यक
हिन्दु धर्मावलम्बीहरू तथा सबै देशवासीलाई भाइचाराको सम्बन्ध कायम राख्न क्षेत्री समाजको आवश्यकता रहेको वक्ताहरूले बताएका छन् ।
संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाऔँ : सञ्चारमन्त्री शर्मा
सञ्चार सूचना तथा प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्रबिन्दुका रूपमा विकास गर्न आग्रह गर्नुभएको छ ।
भूकम्पपीडित परिवारलाई राहत वितरण
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले बझाङमा गएको भूकम्पपीडित भएका ३१० परिवारलाई विभिन्न राहत सामग्री वितरण गरेको छ ।
दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण
बीउबिजन प्रयोगशाला हेटौँडाले दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशका जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ प्रमाणीकरण गरिएको हो ।
बाँकेका दुई वरिष्ठ स्रष्टा सम्मानित
विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशले नेपालगन्जमा कृति विमोचन, विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लास्तरीय फुटबल असोज ३० बाट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकपछि अर्को खेलकुदको आयोजना गर्नेक्रम बढेको छ । केही महिनाअघि क्रिकेट र हालै प्रथम जिल्लास्तरीय कबड्डी प्रतियोगिता सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकामा असोज ३० गतेबाट जिल्लास्तरीय फुटबल प्रतिमोतियाको तयारी पूरा भएको युवा क्लब नरसिंहले जनाएको छ ।
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।
स्कुटल पल्टिँदा महिलाको मृत्यु
मुग्लिङ–नारायणगढ सडक खण्डमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिनु भएको जानकारी अनुसार आइतबार बिहान करिब ७ः४५ बजेको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलो भन्ने स्थानमा बा.प्र ०२०४६प १६९२ नम्बरको स्कुटल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
ताक्लाकोट जान रोक
व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि जाँच गर्न राखिएको मेसिन बिग्रिएपछि तीन दिनयता हुम्लावासीलाई ताक्लाकोट जान रोक लगाएको हो ।
आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।