‘लर्न एन्ड अर्न’ कार्यक्रम निर्णय हुन बाँकी
विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए भने अहिलेसम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो ।
घरमा पानी आएपछि खुसियाली
तानसेन नगरपालिका ३ का बासीन्दा घरमा पानी आएपछि खुसी भएका छन् । तम्घास रोड शान्ति स्तुपादेखि सिन्दुरे धाराका घरधुरीका उपभोक्ताले पानीका कारण निकै समस्या झेल्दै आएका थिए ।
च्याउ खाँदा ६ जना बिरामी
मकवानपुरको बकैया गाउँपालिका –३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उहाँहरु विरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ ।
यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला
सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।
पत्रकारसँग राष्ट्रपति : ‘गणतन्त्रको राष्ट्राध्यक्ष पनि बदलिनुपर्छ’
‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन म तपाईहरूलाई आग्रह गर्दछु ।’’
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति
नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनः स्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो ।
सिमकोट–हिल्सा सडकलाई अस्थायी रुट दिन सिफारिस
हाल यातायातका साधनहरु सञ्चालनमा रहेको सिमकोट–हिल्सा सडक खण्डलाई अस्थायी रुट परमिट प्रदान गर्न सडक अनुगमन समितिले सिफारिस गरेको छ । उक्त सडकको सिमकोटबाट हिल्साखण्डको सडकको स्थलगत अनुगमन गरेको टोलीले अस्थायी रुट परमिट प्रदान गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो ।
पर्यटकीय क्षेत्र सुकेटारमा सीसी क्यामेरा जडान
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सीसी क्यामेरा जडान गरिएको छ । सुकेटार क्षेत्रको शान्ति सुरक्षा समेतलाई दृष्टिगतगरी सीसी क्यामरा जडान गरिएको हो ।
राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
अक्सिजनमा आत्मनिर्भर बन्दै इलाम अस्पताल
इलाममा रहेको एकमात्र सरकारी इलाम अस्पताल अहिले आफ्नै अक्सिजन प्लान्टमा आत्मनिर्भर बन्न थालेको छ ।
वैदेशिक रोजगारमा रहेका कामदारका परिवारसँग अन्तरक्रिया
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यसँग नेपालगन्जमा शुक्रवार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘वन अतिक्रमण हटाउन समुदायले जोड दिनुपर्छ’
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो ।
सञ्चारक्षेत्रमा गुट हावी हुनु हुँदैन : मन्त्री यादव
मिडियाको शक्तिले सत्तालाई दिशा निर्देश गर्नेभएकाले सञ्चार क्षेत्रमा कुनै प्रकारको गुट उपगुट हावी हुन नहुने मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादवले बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा शुक्रवार नेपाल प्रेस युनियनको प्रादेशिक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने
देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताउनुभयो ।
जाजरकोटमा डेंगुको प्रकोप बढ्दै
जाजरकोटको भेरी नगरपालिकामा डेंगुको प्रकोप बढ्दै जाँदा स्थानीय त्रसित देखिएका छन् । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेंगुको प्रकोप फैलिएको छ ।
यातायात कार्यालयमा बिचौलिया निषेध
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिनुभएको छ । सहयोगका नाममा बिचौलियाले सेवाग्राहीलाई शोषण गर्नुका साथै सरकारी कामकारबाहीबारे नकारात्मक भ्रम फैलाउने काम भएकाले निषेध गर्न यातायात कार्यालयलाई मन्त्री ज्वालाले निर्देशन दिनुभएको हो ।
इजरायलबाट आउन चाहने ५०३, आइपुगे २५४ जना
इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ ।
इजरायलबाट उद्धार गरिएका विद्यार्थी काठमाडौं आइपुगे
इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ ।
शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखा पर्यो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताउनुभएको छ ।
नागरिकको धान काटेर श्रमदान गर्दै माओवादी
माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान गरिरहेका छन् । गत भदौ १६ गते देशभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय नागरिकको धान काटेर श्रमदान गरेका हुन् ।
अल नेपाल अन्तर वडा टेबल टेनिस हुने
स्पिन इभेन्ट्सको आयोजनामा अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको वार्षिक कार्यक्रममा रहेको यस प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
‘भ्रूणदेखि बालिकामाथि हिंसा’
सहरी विकासमन्त्री सीता गुरुङले नेपाली समाजमा भ्रूणदेखि बालिकामाथि हिंसा हुने गरेको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले बिहीबार काठमाडौँमा आयोजना गरेको “बालिका तथा किशोरीमाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसाको सवाल” अन्तरक्रिया कार्यक्रममा उहाँले बालिकाले भोग्दै आएका विभेदको प्रतिकारका लागि थुप्रै कोणबाट काम गर्नुपर्ने बताउनुभएको हो ।
प्रधान सेनापति शर्मा र बेलायतका सेनाध्यक्ष स्यान्ड्रसबिच भेटवार्ता
संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको छ ।