बेनी–जोमसोम सडक खुल्यो, जोखिम कायमै
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका –३ दानाको गुइठेभीरमा अवरुद्ध भएको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको छ ।
कर्मचारी कुटेको आरोपमा तालाबन्दी
रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यालयभित्रै उपप्रमुखद्वारा कर्मचारी कुटिएको भन्दै नगरपालिकाको कामकाज ठप्प भएको हो ।
सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमति : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ।
‘तथ्यमा आधारित समाचार नलेख्दा दुर्घटना निम्तिन्छ’
देशमा आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।
बाढीले कागबेनीमा भौतिक संरचनामा ठुलो क्षति
व्यापार एवम् कृषि पेसामा आबद्ध स्थानीयहरूको बाढीका कारण घर, पुल र गरिखाने बगैँचा तथा बारी नै बगरमा परिणत हुँदा अब हातमुख कसरी जोड्ने भनेर अन्यौलता परेका छन् ।
कटानको चपेटामा उर्वरभूमि
सिन्धुली जिल्लामा विगत केही दिनदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।
एक अर्ब जनसङ्ख्याका लागि पानीको श्रोत नेपाल : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभएको छ ।
२९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता
बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
बेपत्ता आमाछोरा मृत अवस्थामा फेला
घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –६ राँगेचुरी निवासी एकै घरका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।
पहिराेले भेरी करिडोरको करबगाड खदाङ्ग सडक अवरुद्ध
भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ ।
राष्ट्रिय राजमार्ग बनेको जग्गा अझै व्यक्तिकै नाममा
सिन्धुली जिल्लामा बनेका दुई वटा राष्ट्रिय राजमार्गको क्षेत्राधिकारमा परेको जग्गा सार्वजनिक नहुँदा जग्गाधनी मर्कामा परेका छन् । राजमार्गको क्षेत्राधिकारमा पर्ने जग्गा सार्वजनिक (लगत कट्टा) नहुँदा जग्गाधनी मालपोत तिर्न बाध्य छन् ।
चोभार बन्दरगाहमा भन्सार जाँचका लागि आउन थाले नयाँ सवारी
काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै गएको छ । असार दोस्रो सातादेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउन सुरु गरेकामा हालसम्म ४९ वटा नयाँ सवारीसाधनले भन्सार जाँच पास गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर भन्सार जाँच पासका लागि आइसकेको र सो आउने क्रम निरन्तर बढिरहेको छ । नयाँ सवारीसाधन आउने क्रम निरन्तर जारी रहेको छ ।
रूपान्तरण अभियान सफल बनाउन आग्रह
प्रतिनिधि सभाका पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपालको शनिबार सम्पन्न तेस्रो पदाधिकारी बैठकमा उहाँले राजनीतिक सङ्कट बढिरहेको र जनताको साथले मात्रै वर्तमान सङ्कटलाई जित्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र नेपालीको मुक्तिका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकाले माओवादीको तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सफल बनाउनुको विकल्प छैन ।”
विधेयक मस्यौदा आफू अनुकूल बनाउन ‘लबिङ’
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लविङ’ मा लागेका छन् । सहसचिव, उपसचिव, ट्रेड युनियनकर्मीहरू ऐनको मस्यौदालाई आफू अनुकूल बनाउन लोक सेवा आयोग, मुख्य सचिवदेखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘लविङ’ मा लागेका हुन् ।
जटामसीको निर्यात अन्योल
नेपालको बहुमूल्य जडीबुटी जटामसी सङ्कलनसँगै विदेश निर्यात रोकिएको छ। अधिकार प्रत्यायोजनको विवादका कारण गत वर्षदेखि जटामसी सङ्कलन र निर्यात भएको छैन। यससँगै नेपालले पाउने विदेशी मुद्रा गुमेको छ। विश्वको कुल मागमध्ये ९५ प्रतिशत नेपालबाट मात्र आपूर्ति हुँदै आएको थियो। सरकारको निर्णय अनुसार विगतमा वन तथा भूसंरक्षण विभागमार्फत यसको निर्यात तथा सङ्कलनका लागि नियमन हुन्थ्यो। त्यसमा जेनेभास्थित साइटिसको मुख्यालयले कोटा निर्धारण गरेपछि सरकारले सोही कोटाका आधारमा सङ्कलनका लागि व्यापारीलाई आह्वान गर्ने कानुनी व्यवस्था छ। तोकिएको मापदण्डमा रहेर व्यापारीले प्रस्ताव गर्नु पर्छ।
सामाजिक एकता र सद्भाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई अपील गर्नुभएको छ । केही दिनयता अशान्त भइरहेको धरानका स्थानीयलाई शनिबार साँझ एक अपील गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो ।
निगुरो टिपेर बालबालिकाद्वारा पढाइ खर्च जोहो
सुनसरीको कोशी गाउँपालिका क्षेत्रका बालबालिकाले कोशी किनार र सिमसार क्षेत्रमा निगुरो टिपेर पढाइ खर्च जोहो गर्दैआएका छन् ।
भेडा चराउन कृषकहरू हिमालको फेदीमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् ।
कालीकोटमा बालबिवाहबिरुद्ध अभियान
कालीकोटको शुभकालिका गाउँपालिका–४ राराकाटियासहित कालीकोटका १४ वटा वडा बालविवाह निषेधित वडा घोषणा भएका छन् ।
डुडुवा खोलाको कटानले गाउँ जोखिममा
डुडुवा खोलाको तीव्र कटानका कारण आसपासका गाउँहरू उच्च जोखिममा परेको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ र खेतीयोग्य जमिनको कटानका कारण गाउँ जोखिममा परेको हो ।
बगनासकालीका बोटेहरू धर्नामा
पाल्पाको बगनासकाली गाउँपालिकाले गिट्टी, बालुवा निकासीका लागि काटेको रोयल्टीबापतको बिल प्रमाणीकरण गर्न नमानेपछि वडा ६ का स्थानीय बोटे युवाहरू शुक्रबारदेखि बगानसकाली गाउँपालिकामा धर्ना दिएका छन् ।
अस्थायी ‘टहरो’ मा अस्पताल, सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
बाढीले खानेपानीको पाइप बगाउँदा धारामा पानी आउन बन्द
चार दिनदेखि परेको अविरल वर्षाका कारण रातुलगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्याएका कारण जिल्लाका उत्तरी भेगमा अनेकन् समस्या देखा परेको छ ।
पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घमा तालाबन्दी
महासचिव पदमा भएको निर्वाचनको पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा उद्योगी व्यवसायीहरूको एक समूहले तालाबन्दी गरेका छन् ।