दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बबर्दिबास नगरपालिका–१० पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
गौरालाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु : प्रधानमन्त्री प्रचण्ड
बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो। उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताउनु भयो।
उपप्रधानमन्त्री खड्का र लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेखबीच भेटवार्ता
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेख मोहमेदविल्सम घोउजायलबिच भेटवार्ता भएको छ ।
दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदातले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार उक्त आदेश गरेको हो।
गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ ।
पुल महाशाखा टोलीद्वारा सिग्नेचर पुल निर्माणस्थलको निरीक्षण
नारायणीमा बन्ने सिग्नेचर पुलको टुङ्गो लगाउन पुल महाशाखाको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेका छन् ।
६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
पत्रकार तथा सञ्चार माध्यम पुरस्कृत
राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४५ औँ जन्म जयन्तीको अवसरमा नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा तीन जना पत्रकार र दुई सञ्चार माध्यम सम्मानित भएका छन् ।
शिक्षकको तलब हिनामिना भएको आरोप
तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा चार वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपियाँ वार्षिक अनियमितता भएको पाइएको छ ।
सावधान हुनुहोस् : शापु रोगले दृष्टि गुम्न सक्छ
पछिल्लो समय देशभर रातो आँखा हुने समस्या बढ्दै गएको छ । पछिल्लो समय कन्जंक्टिभाइटिकको कारणले आँखा पाक्ने रोग दशैभर प्रकोपका रूपमा बढ्दैगएकाले त्यसबाट बच्न ध्यान दिन चिकित्सकहरूले सुझाव दिनुभएको छ ।
मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौँ : मन्त्री बस्नेत
पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो ।
पाडाजुँगी-गौरीगन्ज सडक अलपत्र
असोज मसान्तभित्र नै काम सक्ने भन्दै पाडाजुँगीदेखि गेउरीया नजिकसम्म साढे ३ किलोमिट सडक भत्काएर अलपत्र पारिएको छ ।
तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध
तनहुँमा एक लाखभन्दा बढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् ।
दमकमा मादक पदार्थ बिक्रीवितरणमा रोक
दमक नगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटरमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा बुधबारदेखि रोक लगाएको छ ।
राष्ट्रिय विभूति जयपृथ्वीबहादुरको १४७ औं जन्मजयन्ती मनाइँदै
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
डिडिसीको अध्ययन गर्न कार्यदल गठन
दुग्ध विकास संस्थान (डिडिसी) धराशायीको अवस्थामा पुगेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको अध्ययनका लागि एक कार्यदल गठन गरेको छ । पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. सूर्यप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय अध्ययन कार्यदल गठन भएको छ । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको सो कार्यदलले अध्ययन गरेर दुई महिनाभित्र आफ्नो प्रतिवेदन मन्त्रीलाई बुझाउने छ
कोशी विवाद सर्वाेच्चमा
कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) ले विवादलाई अदालत प्रवेश गराएको हो। विश्वासको मत लिने क्रममा संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशले निषेध गरेको कार्य सम्पन्न भएकाले बदरको माग पनि रिटमा गरिएको छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा अध्यक्षता गर्नुभएका इस्राइल मन्सुरीले मत दिएपछि विवाद बढेको थियो। एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो। सर्वोच्च प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ।
सेवाग्राहीलाई व्यर्थैमा जरिवाना
राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै वितरण गर्दै गरेका राष्ट्रिय परिचयपत्रमा निकै त्रुटि पाइएको छ । त्यो त्रुटि सेवाग्राहीले दिएको सूचनाका आधारमा नभई सरकारी कर्मचारीले गलत प्रविष्ट गरेका कारण भए पनि त्यसमा सच्याउँदा सेवाग्राहीले पाँच सय रुपियाँ जरिवाना तिर्नु परेको छ ।
सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउन पहल
विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले दिनुभयो।
‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’
सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको उक्त व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
प्रज्ञालाई नयाँ युग सुहाउँदो बनाउन वृहत बहस
नेपाल प्रज्ञा प्रतिष्ठानलाई नयाँ युगअनुसार अब कसरी अगाडि बढाउने भन्ने बारेमा सभामा वृहत छलफल भएको छ ।
भारतीय अन्तरिक्षयानको सफल अवतरण : मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ।
अनुमति नलिएका पसललाई ग्यास बेच्न रोक
जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो ।
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।