प्रतिकूल मौसमले हवाई उडानमा समस्या
अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।
बजेट निर्माण गर्दा दिगो विकास लक्ष्यलाई ध्यान दिन आग्रह
मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो विकासका लक्ष्यलाई ध्यानमा राखी निर्माण गर्न वक्ताले आग्रह गर्नुभएको छ ।
डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव
कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
वन्यजन्तु उद्धार केन्द्र निर्माण
डिभिजन वन कार्यालय तनहुँले दमौलीस्थित कार्यालय परिसरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरेको छ ।
केरामा फेला पर्यो ‘पानामा टीआरफोर’ रोग
केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
कामदारका बालबालिकाले चल्छन् मनाङका विद्यालय
घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् ।
डिभिजन वन कार्यालयको कामकाज ठप्प
डिभिजन वन कार्यालय डडेलधुरामा एक साता यता कामकाज ठप्प भएको छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यालयको कामकाज ठप्प भएको हो ।
आवाससहित प्रविधिमैत्री भवन बन्नुपर्छ : मुख्यमन्त्री जमकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी भवन व्यवस्थित र सुविधासम्पन्न आवासहितको प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ ।
कोशी प्रदेश क्रिकेट सङ्घमा सर्वजित पाण्डे
कोशी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने
चिया र अलैंची खेतीका लागि कहलिएको इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला
डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
कपास विकास समितिलाई अलपत्र पारेको आरोप
बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सर्वदलीय बैठकले सरकारसँग माग गरेको छ । खजुरास्थित कपास विकास समितिमा आयोजना गरिएको सर्वदलीय बैठकमा सहभागी सबै दलका स्थानीय नेताले समितिलाई खारेज गर्ने निर्णयले सयौँ किसान र व्यवसायी मर्कामा परेको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।
सिआइबीले बुझायो प्रतिवेदन : छ जनाले जग्गा फिर्ता गरे
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी नौ आना तीन दाममध्ये १४३ रोपनी छ आना तीन पैसा तीन दाम सरकारी जग्गा योजनाबद्ध रूपमा सङ्गठित समूहले किर्ते गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ।
सुन तस्करी छानबिन गर्न आयोग गठन हुने,अन्तिम रूप दिन बाँकी
सङ्घीय संसद्का दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बुधबार बस्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसद्को काम कारबाही सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने गरी निर्णायक संवाद गर्न शीर्ष नेताहरू छलफलमा जुट्नुहुने भएको हो।
सांसद डा.चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा जलन उपचार कोष स्थापना
विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ । सांसद डा. चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी दिनुभयो । उक्त कोषमा सांसद भण्डारीले एक लाख १०५ रुपियाँ प्रदान गर्नुभएको छ ।
ललिता निवास प्रकरण: जग्गा फिर्ता हुने आधार बन्यो
सिआइबीका प्रमुख किरण वज्राचार्यले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान वस्तुगत र तथ्यपरक रूपमा भएको बताउँदै हिनामिना भएको सरकारी जग्गा पुनः राज्यका नाममा फिर्ता हुने आधार तय भएको दाबी गर्नुभयो।
निर्देशिका कार्यान्वयन नहुँदा समस्यैसमस्या
छ महिनाअघि विराट मेडिकल कलेजका एक चिकित्सक काम छाडेर विराटनगरमै रहेको अर्को अस्पतालमा काम गर्न गए। विराटले राम्रो सेवा सुविधा दिएर राखेको डाक्टर किन सामान्य अस्पतालमा काम गर्न गएको होला भनेर खैलाबैला भयो। पछि ती डाक्टरले ‘इम्प्लान्ट’ (शल्यक्रिया गर्दा हाडका लागि राखिने पाता वा रड) मा बिरामीसँग मनलाग्दी पैसा असुल गरेको र कमिसन पनि खाएको थाहा पाएपछि अस्पताल प्रशासनको दबाबमा अस्पतालै छाडेर गएको भन्ने बुझियो।
मिटर रिडर सङ्घर्ष समितिद्वारा प्राधिकरणमा धर्ना
नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना जारी राखेको छ ।
सेती नदी किनारमा महिला मृत फेला
तनहुँको भिमाद नगरपालिका –६, सेती नदीको किनार घुमाउनेमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर
मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मुलनका लागि तीनै तहका सरकारले योजनाबद्ध रूपमा कामकाज गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
प्रधानन्यायाधीश श्रेष्ठद्वारा पदभार ग्रहण
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिए लगत्तै राष्ट्रपति कार्यालयबाट सर्वोच्च अदालत पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो।
राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले लिनुभयो शपथ
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
व्यवसायीलाई करको दायरामा ल्याउन घुम्ती शिविर
व्यवसायीलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता तथा नवीकरण घुम्ती शिविर सञ्चालन गरिएको छ ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।