३२ जना घुँडा बिरामीको निःशुल्क प्रत्यारोपण
रुपन्देहीको लुम्बिनीमा खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
थारू महिलाले आयोजना गरे जितियाको ओटघन
अग्निसाइर कृष्णासवरण गाउँपालिकाको आयोजनामा थारू महिलाले जितिया पर्वको अवसरमा बुधबार ओट्घन ( उपवास बस्ने महिलाले खाने दर) कार्यक्रम आयोजना गरेका छन् ।
इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव
नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उहाँहरूले दुई देशबिचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्याइ आधिकारिकता दिनुपर्ने भनाइ राख्नुभयो ।
बहिनी बलात्कार गर्ने दाजुलाई जन्मकैद
नाबालिका बैनीलाई बलात्कारको अभियोगमा तनहुँ अदालतले तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
दसैँ–तिहारमा २५ सय क्विन्टल खाद्यान्न बिक्री गरिने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ– तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्नुभएको छ । सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले लिमिटेडले सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो ।
भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान
इलामको माङसेबुङ गाउँपालिकामा रहेका अव्यवस्थित तथा भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान गरिएको छ । भूमि आयोगको कार्यक्रमअनुसार गाउँपालिकाले दुई हजार पाँचसय ८५ परिवारलाई जग्गाको निस्सा प्रदान गरेको हो ।
नेविसङ्घद्वारा नगरपालिकामा तालाबन्दी
नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा बुधबार तालाबन्दी गरेको छ । प्युठान नगरपालिकाले नगरपालिकाको शिक्षा शाखामा बिधालयबाट शिक्षक काजमा झिकाइ कर्मचारीसरह जिम्मेवारी दिई कामकाजमा खटाएकाले नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।
डेँगु बढेपछि सचेतना अभियान
पछिल्लो एक महिनामा नवलपरासी पूर्वमा डेंगुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि सचेतना अभियानमार्फत यसको रोकथाम र न्यूनिकरण अभियान सुरु गरिएको छ ।
इन्जिनियर रानाभाटविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अवरुद्ध पृथ्वी राजमार्ग सुचारु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु भएको छ ।
अवैध मालसामान पक्राउ
भारतबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएको १२ लाख मूल्य बराबरको अवैध सामान प्रहरीले पक्राउ गरेको छ ।
पुल भाँचिदा दर्जनौँ चौंरी घाइते
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित घुन्सा खोलको पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका छन् । चरनबाट फर्किएका चौँरी तर्ने क्रममा घुन्सा खोलाको फलामे झोलुङ्गे पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका हुन् ।
चरित्र हत्या गर्ने युवक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय इलाम नमुना बन्दै
नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय इलाम देशभरिका जिल्ला प्रशासन कार्यालयमध्ये चौंथो भएको छ ।
हतियार कारोबार गर्ने व्यक्ति पक्राउ
हतियार कारोबार गर्ने कैलालीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय सरोज धानुक रहेका छन् ।
वनमा सालको लफडा
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित अमरज्योति सामुदायिक वन क्षेत्रभित्र सालका काठ कटान तीव्र पारिएपछि स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। स्थानीय भरतबहादुर कार्कीका अनुसार जिल्ला वन डिभिजनल कार्यालयको कटान आदेश, छपान आदेश कुनै पनि कार्य नगरी सामुदायिक वनका अध्यक्षको मिलेमतोमा अमरज्योति सामुदायिक वन क्षेत्रभित्र साल कटान भएको छ जथाभाबी सालका रुख कटान हुन थालेपछि स्थानीय सामुदायिक वन उपभोक्ता सामूहिक रूपमा सामुदायिक वनका अध्यक्षलगायतलाई कारबाहीको माग गर्दै जिल्ला वन डिभिजनल कार्यालय पुगेका छन्। तथापि वन कार्यालयले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ।
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।
बिहीबारदेखि ‘प्रारम्भ’
नेपाल टेलिभिजनमा बिहीबारदेखि ‘प्रारम्भ’ सुरु हुने भएको छ । नेपाल दृश्य र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको यो कार्यक्रममा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको विषयमा छलफल र बहस चलाइने कार्यक्रम निर्माताले जानकारी दिएका छन् ।
साम्प्रदायिक सद्भाव कायम गर्न अपिल
मुलुकमा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न र आउँदै गरेका चाडपर्वका बेला स्वच्छ बजार व्यवस्थाका लागि सरकारले दुई वटा बेग्लाबेग्लै प्रस्ताव पारित गरेको छ। मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले ती प्रस्ताव पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रस्तावमार्फत सरकारले वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय तथा साम्प्रदायिक सद्भाव कायम गर्न अपिल गरेको छ। पारित प्रस्तावमा भनिएको छ, “विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित
बिई प्रवेश परीक्षा अन्योलमा
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ। इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई/बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ ।
सुदूरपश्चिममा एक वर्षमा दुई ठूला भूकम्प : जोखिम कायमै
सुदूरपश्चिम प्रदेशमा एक वर्ष नवित्दै दुईवटा ठूला भूकम्प गएका छन् ।
कर्णालीको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउँछौँ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउने बताउनुभएको छ ।
अर्थमन्त्री र एमसिसीका सिइओबीच भेट
अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।
खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु
खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु गरेको छ ।