• १ जेठ २०८१, मङ्गलबार

हतियार कारोबार गर्ने व्यक्ति पक्राउ

blog

हतियार कारोबार गर्ने धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय सरोज धानुक । तस्बिर : प्रहरी

अविनाश चौधरी
धनगढी, असोज १७ गते ।
हतियार कारोबार गर्ने कैलालीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय सरोज धानुक छन् ।

धानुकले हतियारको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

धानुकको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका धानुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । 

१०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको कैलालीमा साना हातहतियार सुरक्षा चुनौतीको विषय बनेको छ ।