काठमाडौँ, असोज १७ गते । नेपाल टेलिभिजनमा बिहीबारदेखि ‘प्रारम्भ’ सुरु हुने भएको छ । नेपाल दृश्य र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको यो कार्यक्रममा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको विषयमा छलफल र बहस चलाइने कार्यक्रम निर्माताले जानकारी दिएका छन् ।
नेपाल दृश्यका अनुुसार जनतामा शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा तीव्र रहेकाले सोही अनुरूप छलफल र बहस चलाउनका नयाँ कार्यम्रम सुरु गर्न लागिएको हो ।
नेपाल दृश्यले जारी गरेको विज्ञप्तिमा भनेको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राखी जनताको अधिकारलाई आत्मसात् गरी कार्यक्रम उत्पादन तथा प्रसारण हुने छ । कार्यक्रमले नेपालमै बसेर सफलता प्राप्त नयाँ पुस्ताका विषय समेट्ने छ ।”
बहसमूलक कार्यक्रम हरेक बिहीबार राति ८ः५० देखि ९ः४० सम्म प्रसारण हुने छ । कायक्रम प्रस्तोता सरोजसिंह थापा रहनुभएको छ भने निर्देशन उज्ज्वल प्रशान्तले गर्नुहुने छ ।