विषयगत समितिमा सभापति नहुँदा दफावार छलफल प्रभावित
मधेश प्रदेश सभाको बैठक नबसेको कारण दुई वटा विषयगत समितिले पूर्णता पाएको छैन । समितिका सदस्य चयन भइसकेता पनि समितिका सभापति चयन गर्न नसक्दा विधेयक उपर दफावार छलफल अगाडि बढ्न सकेको छैन ।
भारतबाट अवैध भित्रिएका १० हजार चल्ला नष्ट
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।
निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा.उप्रेती
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ ।
तुम्कोटमा बेलिब्रीज निर्माण
नाम्खा गाउँपालिका–५ को तुम्कोटमा कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएको छ । कर्णाली नदीमाथि बेलिब्रीज निर्माणसँगै सात घण्टा लाग्ने बाटोमा अब एक घण्टा १५ मिनेटमा छोटिएको छ ।
पर्यटकका लागि गन्तव्य बन्दै घोडाघोडी ताल
जैविक विविधता र सिमसार क्षेत्रको रुपमामात्र होइन पर्यटकको गन्तव्य क्षेत्रको रूपमा समेत महत्त्वपूर्ण छ कैलालीको घोडाघोडी ताल ।
जडीबुटी सङ्कलन सुरु
जिल्लामा आम्दानीको मुख्य स्रोतको रूपमा रहेको जडीबुटीको सङ्कलन कार्य सुरु भएको छ । सामुदायिक बनले जडीबुटी सङ्कलन कार्य फुक्का गरेसँगै स्थानीयले सङ्कलन गर्न सुरु गरेको हो ।
वास्तविक कृषक पहिचान गरिदिन आग्रह
रेसुङ्गा नगरपालिका–३ का बाख्रापालक कृषक नवीन बस्नेतले वास्तविक कृषक पहिचान गरी किसान सूचीकरण गर्न आग्रह गर्नुभएको छ ।
प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह
प्रमुख राजनीतिक दलका पदाधिकारी तथा प्रभावशाली नेताले व्यवस्था र प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह गरेका छन्। राजनीतिक परिवर्तन भए पनि त्यसको प्रतिफल जनताले पाउन नसकेकै कारण व्यवस्थाप्रति वितृष्णा फैलाउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले राजनीतिक दल र नेतृत्व सचेत हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।
सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर
आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बहालवाला सचिव मधुकुमार मरासिनी, पूर्वसचिव सञ्जय शर्मा, नेपाल टेलिकमका हालका प्रबन्ध निर्देशक सुनील पौडललगायत नौ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ग्यासमा कर दक्षिण एसियाकै उच्च
सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
गैरसरकारी विधेयक दर्ता
स्वास्थ्य सामग्री उत्पादन, भण्डारण, बिक्री वितरण तथा नियमनको प्रस्तावसहित प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले औषधिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गर्नुभएको छ । प्रतिनिधि सभामा यो कार्यकालमा गैरसरकारी विधेयक यो नै पहिलो हो ।
कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार
यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बिबिसीले जनाए अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिनुभएको थियो ।
जनयुद्ध दिवसको बिदा खारेज गर्न माग
अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जनयुद्ध दिवसका दिन दिनेगरेको सरकारी विदा खारेज गर्न पनि माग गरिएको छ ।
धान नकाट्न उपमहानगरपालिकाको आग्रह
कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ ।
पक्की पुल बनेपछि यातायात सहज
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
निःशुल्क आँखा शिविर सञ्चालन
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । मध्यविन्दु वडा १५ पर्सौनीमा गरिएको शिविरमा पाँचसय बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
कठरियासमुदायको पितृपाख सुरु
कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ । कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसले आफ्ना पितृ, पुर्खाको सम्झनामा १५ दिनसम्म पितृपाख मनाउने गर्छन् ।
साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला
मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो ।
कुटपिट घटनाप्रति राप्रपाको विरोध
अर्जुनचौपारी गाउँपालिका–६ दरौमा एक महिलामाथि गरिएको कुटपिटको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।
कोरिडोरमा खसेको चट्टान हटाउन पाँच दिन
कालीगण्डकी कोरिडोरमा पहिरोसहित खसेको ठुलो चट्टान हटाइएसँगै सडक सुचारु भएको छ ।
बाढीले बेपत्ता भएकाको तीन दिनदेखि खोजी जारी
तमादी खोलामा आएको बाढीले बगाएर शनिबार रातिदेखि जीपसँगै बेपत्ता भएकाको खोजी जारी छ ।
जलहरी प्रकरणमा मुद्दा दायर
पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्यसचिव डा. मिलनकुमार थापा र कोषका विसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। तत्कालीन सदस्यसचिव ढकालसहित तीन जनाले एक करोड १७ लाख एक हजार ७२१ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ। जलहरी राख्ने क्रममा उनीहरूले १४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम अनियमितता गरेको अख्तियारको ठहर छ ।
मन्त्री फिर्ता बोलाउन प्रस्ताव
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गर्नुभएको छ । नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार आयोजना गरेको कांग्रेस रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।