‘रोड रेस’को उपाधि गोकुल र निवालाई
गोकुल याम्फु राई र निवा लिम्बूले धनकुटामा भएको तेस्रो रोड रेसको उपाधि जित्नुभएको छ । ८ किलोमिटर रोड रेस पुरुषतर्फ गाुकलले निर्धारित दूरी २८ मिनेट २ सेकेन्डमा पूरा गर्नुभयो ।
यो साता सुनको मूल्यमा गिरावट
नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो ।
टोल आफैँ सरसफाइ गर्ने अभियान प्रभावकारी
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –५ ले सरसफाइ अभियान सुरु गरेसँगै टोलबस्तीहरु सरसफाइयुक्त हुन थालेका छन् । आफ्नो टोल आफैँ सरसफाइ गर्नुपर्छ भन्ने सन्देशसहित हप्ताको एक दिन श्रमदान अभियान सुरु गरेपछि टोल तथा बस्तीहरु सरसफाइयुक्त हुन थालेका हुन् ।
आफ्नै अस्पताल सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
सञ्चालनमा रहेको अस्पतालको स्वामित्व ग्रहण गरेर वा छुट्टै अस्पताल स्थापना गरेर विश्वविद्यालयले स्वास्थ्य सङ्कायका विद्यार्थीहरुका लागि आवश्यक परेको अस्पतालको अभाव पूर्ति गर्ने छ ।
ललितपुरको महालक्ष्मीको टोली धनकुटाको महालक्ष्मीमा
ललितपुरको महालक्ष्मी नगरपालीकाका प्रमुख र उपप्रमुखसहितको टोली धनकुटाको महालक्ष्मी नगरपालिका आउनुभएको छ ।
आँधीखोलामा घट्यो यातायात कर
आँधीखोला गाउँपालिकाको सेतीदोभानमा यातायात व्यवसायीहरुसँग लिइँदै आएको स्थानीय यातायात शुल्क हटेको छ ।
सप्तरीमा आगलागी हुँदा लाखौंको क्षति
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
कैलाश र मानसरोवर भ्रमण सहज बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राख्नुभयो ।
अस्वस्थकर जीवनशैलीले मुटुरोगको जोखिम बढ्दाे
मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो ।
नेपाल माइक्रो इन्स्योरेन्सको शाखा सञ्चालन
नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बुधबारबाट नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
मोहम्मद जयन्ती मनाइयो
कपिलवस्तुमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ धूमधामका साथ मनाइएको छ ।
राष्ट्रिय विभूति योगमायाको सालिक अनावरण
विराटनगर महानगरपालिका-२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ ।
बड्कुलेका बासिन्दालाई निःशुल्क खानेपानी
खानेपानीको महँगो शुल्क तिर्दैआएका हेटौँडा उपमहानगरपालिका १८ स्थित बड्कुलेका बासिन्दाले अब निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।
पाल्पाका चिकित्सकहरू आन्दोलनमा
पाल्पाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दैगएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
शङ्करदेव क्याम्पसलाई उपाधि
अनेरास्ववियु रत्नराज्य क्याम्पसले आयोजना गरेको अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उपाधि शङ्करदेव क्याम्पसले हात पारेको छ ।
राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई इन्द्रजात्रा अवलोकन गर्नुभएको छ ।
दृष्टि फाउन्डेसनलाई सहयोग
सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गरिएको छ ।
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पीपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।
साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित
पुतलीबजार नगरपालिका–१ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, स्रष्टा सम्मान गरेको छ ।
माओवादी नेताहरु कुचो लिएर अस्पतालमा
परिवर्तनका लागि जनयुद्ध हाँकेका माओवादीका नेता तथा कार्यकर्ताहरू फेरि कुचो लिएर अस्पताल, गाउँ सरसफाइमा लागेका छन् ।
सडक सुरक्षा अभियानमा लाग्न सुझाव
लापरबाहीले जिल्लामा बढेको सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी राष्ट्रिय अभियान अन्तर्गत बिहीबार सप्तरीमा सरोकारवालासँग सचेतना कार्यक्रम भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौता भएका छन् : कावा प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरू भएको बताउनुभएको छ ।
मरिणमा दुईसय ९० घर बिजुलीले झिलिमिली
मरिण गाउँपालिका–२ सिन्दुरेदोभान निवासी नरबहादुर अस्थानीलाई घरमा राष्ट्रिय विद्युत प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको छ । वर्षाैंदेखि टुकी बत्तीको सहाराले अँध्यारो भगाउँदै आउनुभएका अस्थानीको घर दुई दिनदेखि राष्ट्रिय विद्युत् प्रसारणको बिजुलीले झिलिमिली बनेको छ ।