ललितानिवास प्रकरण: मुद्दा नचलाउने कारण पेस गर्न आदेश
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले यसअघि उच्चपदस्थ व्यक्तिमाथि अनुसन्धान गर्न जारी गरेको संयुक्त इजलासको मुद्दाको मिसिल पनि मागेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गर्नुभएको रिटमा पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई पनि विपक्षी बनाइएको छ ।
सार्वजनिक सेवा प्रसारण विधेयकमा परामर्श
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुरु भएको छलफलमा उहाँले सार्वजनिक सञ्चार माध्यम सरकारको गुणगान गर्ने संस्थाका रूपमा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो ।
खुला दिसामुक्त नारा कम प्रभावकारी
नेपालमा शौचालयबाहेक बाहिर खुला स्थानमा दिसा बन्द भएको चार वर्ष भयो तर यो कागज र घोषणामा मात्र हो । २०७६ सालमा नै नेपाल खुला दिसामुक्त देशको घोषणा गरिए पनि तराईमा ‘मैदान जाने’ क्रममा कमी आएको छैन । यस तथ्यलाई कुनै सर्वसाधारणले होइन सङ्घीय सरकारका मन्त्रीले नै मङ्गलबार उजागर गर्नुभएको हो । यससँगै सरकारका नीति र कार्यक्रम सबैले बुझ्ने भाषामा नहुँदा त्यसले ठ्याक्कै उल्टो नतिजा आउने देखिएको छ । तथापि यो कार्यक्रम भने नागरिकको लगानीमा नै भएको दाबी छ । एक दशकमा यसका लागि ठुलो रकम खर्च भएको छ ।
चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
करारका कर्मचारीलाई उमेर हद नलाग्ने व्यवस्था गर्न माग
नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ ।
स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण
ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
चामलको बोरामा ब्राउनसुगर लुकाउने पक्राउ
चामलको बोरामा लुकाएर झापाबाट काठमाडौँ पठाउन लागेको झण्डै १० ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तीनकन्यामा विद्युतीय लिफ्टबाट घरमा पानी
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या कुभिण्डेका बासिन्दा विद्युतीय लिफ्टबाट घर–घरमा खानेपानीको सुविधा पाउँदा खुसी भएका छन् ।
अभियन्ता इः को अभियानमा नेता महरको ऐक्यबद्धता
नेपाली कांग्रेसका केन्द्रीय युवा सदस्य नैनसिंह महरले जबाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिरहनुभएको सामाजिक अभियन्ता इः को अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ ।
कलाकार सिंहको उपचारमा सहयोग गर्न आग्रह
नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह क्यान्सरबाट पीडित भई उपचारार्थ अस्पताल भर्ना हुनु भएको छ । उहाँको उपचारमा सहयोग गर्न सबैसँग परिवारका सदस्यले आग्रह गर्नुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो ।
सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
५० लाख मूल्य बराबरको मदिरा नियन्त्रणमा
नेपाल प्रहरीले विभिन्न मितिमा गरी ५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गर्न सफल भएको छ ।
कृषकलाई बिउ उत्पादन प्रविधिसम्बन्धी तालिम
सुनसरीका अगुवा किसान तथा सहकारीमा आबद्ध भएकालाई बिउ उत्पादन प्रविधिसम्बन्धी तालिम दिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आयोजनामा धान तथा बिउ उत्पादन पकेट सञ्चालन समितिका अगुवा किसान तथा सहकारीमा आबद्ध भएकालाई तालिम दिइएको हो ।
प्रहरी तालिम केन्द्रमा ५० हजार बढीलाई तालिम
नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा स्थापनाको ५७ वर्षको अवधिमा ५० हजार बढी प्रहरी कर्मचारीले विभिन्न प्रकारका तालिम प्राप्त गरेका छन् ।
याकचौंरीको ‘हब’ मनाङ
बर्सेनि मनाङका किसानले पालेका याकचौंरीका बाच्छाबाच्छी हिउँ चितुवाको आक्रमण पर्ने गरेका छन् । हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।
घरको छतबाट खसेर बालकको मृत्यु
ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।
नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको छ ।
गुल्मीबाट हप्ताको दुई दिन उडान नियमित
नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन नियमित उडान गर्ने भएको छ । यसअघि शुक्रबार मात्रै उडान भर्ने गरेको नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।
लोसपा पदाधिकारीमा आफन्त मनोनीत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारीमा आफन्त नै आफन्तलाई मनोनीत गरिएको छ । चार जना सांसद भएको लोसपा नेपालले ६२ सदस्यीय पदाधिकारी र ३११ सदस्यीय केन्द्रीय समितिमा आफन्तको बोलबाला भएको हो ।
पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर
विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोस्रो संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएका श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई भ्रष्टाचारमा कसुर ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको हो।
सङ्घमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी
स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्।
जडीबुटी सर्भिस लेन द्रुत बसलाई चुनौती
सूर्यविनायक–रत्नपार्क सडकमा सञ्चालनमा ल्याइएको द्रुत बस सेवालाई कतिपय ठाउँका पूर्वाधार निर्माण पूरा नभएका कारण सवारी आवागमन अरू असहज बनेको छ। विशेष गरी माइतीघर–सूर्यविनायक छ लेन सडकको कोटेश्वर–जडीबुटी खण्डको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिण दुवैतिरको सर्भिस लेन नबन्दा उक्त सडकखण्डमा ट्राफिक समस्या झन् बढेको छ।
कांग्रेस महासमिति बैठक मङ्सिर १३ देखि १५ सम्म काठमाडौंमा हुने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नीति महाधिवेशनको काम पनि महासमिति बैठकले गर्ने गरी आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ ।