सङ्घीयता कार्यान्वयन कानुन बन्न ढिलाइ
संविधान जारी भएको झन्डै नौ वर्ष हुन लागे पनि सङ्घीयता कार्यान्वयनका मूल विषयसँग सम्बन्धित कानुन निर्माण भइनसकेको विधायिकी अध्ययनले निष्कर्ष निकालेको छ । सङ्घीय संसद्को माथिल्लो सदनको विधायन व्यवस्थापन समितिले गरेको अध्ययन अनुसार संविधानको मूल अन्तर्वस्तु सङ्घीयता कार्यान्वयनकै कानुन निर्माण बाँकी रहेको देखिएको हो ।
नेपाल–पाकिस्तान हवाई रुटका लागि पहल
नेपालसँग सिधा हवाई रुट सञ्चालन गर्न पाकिस्तान सरकारले फेरि पहल थालेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हासमीले दुई मित्रराष्ट्रको सम्बन्ध थप प्रगाढ बनाउन सिधा हवाई रुटको पहल थालिएको बताउनुभयो। बुधबार पत्रकारसँग कुरा गर्दै राजदूत हासमीले सिधा हवाई रुट सञ्चालन गरी व्यापार प्रवर्धन तथा जनसम्बन्ध विस्तार गर्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो। पाकिस्तानसँग नेपालले सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको हो।
विदेश मोहले ठगिने बढे
प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सिन्धुली सुनकोशी–३ का राजन गिरीलाई काठमाडौँबाट पक्राउ ग¥यो । गैरकानुनी बाटोबाटै साइप्रस पुग्ने सपना बोकेका राजकुमारलाई साइप्रस जान के के आवश्यक कागजपत्र चाहिन्छ भन्नेसम्म पत्तो छैन ।
टेकु र संखुवासभा घटनाबारे छानबिन समिति गठन
अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
पहिरोमा परेर गाडीचालक घाइते
बेनी–जोमसोम सडकखण्डको बैसरीमा सडकमाथिबाट आएको पहिरोमा परेर गाडीचालक घाइते हुनुभएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा सुविधा वृद्धि गर्दै सरकार
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
जग्गाको पुर्जा माग गर्दै ज्ञापन
कपिलवस्तुमा तौलिहवाको मुख्य बजारसहितका अन्य क्षेत्रका बाल बटोरी जग्गाको लालपुर्जा माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।
स्पष्ट योजना अभावमा बालविवाहका घटना बढ्दो
जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो ।
चितुवाले ५२३ पशु चौपाया खायो
स्याङ्जामा गत आर्थिक वर्षमा चितुवाले ५२३ वटा पशु चौपाया खाएको छ । तीन जना व्यक्तिलाई घाइते बनाएको छ ।
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ ।
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ ।
सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु
हवाई सेवा अवरुद्ध भएको चौथो दिनपछि सिमकोट विमानस्थलमा पुन हवाई सेवा सुचारु भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज डङ्गोलले हवाई सेवा अवरुद्ध भएको चौथो दिनमा सुचारु भएको बताउनुभयो ।
सामुदायिक वनभित्र फलफूल खेती, सदस्यहरूलाई आम्दानी
बाँकेको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले फलफूल उत्पादनलाई आम्दानीको स्रोत बनाएको छ ।
प्रेसमा आगलागी, दश लाख बराबरको क्षति
गौशाला–५ स्थित बजार क्षेत्रमा रहेको प्रेसमा आगो लाग्दा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
मुस्ताङको राजखोलामा बाढीले सडक अवरुद्ध
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मार्ग बेनी-जोमसोम सडक खण्डको मुस्ताङ खण्डको माफाको राजखोलामा आएको बाढीले सडक बगाउँदा मंगलबारदेखि सडक अवरुद्ध भएको छ ।
मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक
मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि पुस्तकहरुको छनाेट गरी सार्वजानिक गरेको छ । बुधबार विज्ञप्तिमार्फत गुठीले सूची सार्वजनिक गरेको हो । विज्ञप्तिअनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर सूचीमा परेका छन् ।
रास्वपाको आरएटी टिमलाई काम नगर्न सिडियोको निर्देशन
चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।
छाउ हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु
महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ ।
बेपत्तामध्ये दुई जनाको शव फेला, दुई अझै बेपत्ता, एक जनाको १५ घण्टापछि उद्धार
मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर बेपत्ता भएका छ जनामध्ये दुई जनाको शव बुधवार बिहान फेला परेको हो ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न पहल
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको छ । सञ्जालहरू सही प्रयोग भन्दा पनि गलत प्रयोग बढी हुने गरेकाले यसको रोकथाममा सबैले पहल थाल्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
देशैभर बाढीपहिरो : दुई जनाको मृत्यु, सात बेपत्ता
देशका विभिन्न स्थानमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानलगायतका प्राकृतिक विपत्ले जनधनमा क्षति पु-याएको छ। विगत २४ घण्टामा देशका विभिन्न भागमा १४ वटा बाढीपहिरोजन्य घटनामा परेर दुई जनाको ज्यान गएको छ भने पाँच जना बेपत्ता भएका छन्।
माधव नेपालको स्पष्टीकरण : ललिता निवास प्रकरणमा बदमासी गरेको छैन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिनुभएको छ । पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुग्नुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गर्नुभयो ।
प्रस्तावित प्रन्याविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । मङ्गलबारको प्रारम्भिक बैठकले श्रेष्ठको सुनुवाइ प्रक्रिया थालनी गर्दै उजुरी आह्वानको निर्णय गरेको छ । उजुरीका लागि समितिले १० दिनको समय दिएको छ । नेकपा (एमाले) संसदीय दलका सचेतक एवं समिति सदस्य महेश बर्तौलाले सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरिएको जानकारी दिनुभयो । उजुरीको समय सकिएपछि समितिले सुनुवाइका बाँकी प्रक्रिया अघि बढाउने छ ।
सङ्घीय निजामती ऐन छिट्टै
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी अनुसार कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले राजनीतिक पहुँचका आधारमा कर्मचारी सिंहदरबार वरिपरि रहने प्रवृत्तिको अन्त्य गर्दै दरबन्दी अनुसार खटाइएको स्पष्ट पार्नुभयो । समायोजन तथा सरुवा भएका कर्मचारीबाहेकलाई फिर्ता पठाउने काम भइरहेको उहाँले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मङ्गलबार आयोजित अन्तरसरकार सम्बन्ध सुदृढीकरणमा आमसञ्चारको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मोदीले भन्नुभयो, “काठमाडौँमा अखडा बनाएर बसेका कर्मचारीलाई बाहिर पठाएका छौँ । ३७५ स्थानीय तह निमित्तका भरमा थिए । अहिले १४२ मा झारिएको छ । असारमा सरुवा गर्न समस्या भयो । अब गति दिने छौँ ।”