संविधान दिवस विशेष समारोहका झलकहरू
नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।
३६ जिल्ला न्यायाधीश नियुक्त
न्याय परिषद्ले जिल्ला अदालतमा रिक्तमध्ये ३६ न्यायाधीशको पदपूर्ति गरेको छ । परिषद्को सोमबारको बैठकले नियुक्ति र पदस्थापन गरेको हो । कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा सात, खुला प्रतिस्पर्धाबाट एक र खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पूरा हुन नसकेका बाँकी पदमा पनि परिषद्ले नियुक्ति एवं पदस्थापन गरेको हो ।
‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला
अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।
दस हजार झोलुङ्गे पुल निर्माण
सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो । अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हजार ८४१, गण्डकीमा दुई हजार २६४, लुम्बिनीमा एक हजार ४१९, कर्णालीमा एक हजार २४२ र सुदूरपश्चिम प्रदेशमा एक हजार २५९ गरी कुल १० हजार ४०९ वटा झोलुङ्गे पुल निर्माण भएको विभागले जनाएको छ ।
सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच रक्षा मन्त्रालय, सिंहदरबारमा मंगलबार शिष्टाचार भेट भएको छ ।
चलचित्र विकास बोर्डद्वारा कलाकारलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार’ प्रदान
संविधान दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड द्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकारहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । उहाँले दश जना चलचित्रकर्मी र एक समितिलाई सम्मान गर्नु भएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।
तीन बालकको उद्धार
झापाको काँकडभिट्टा नाकाबाट तीन बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालमा सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।
‘सरकार संसदमा दर्ता भएको शिक्षा विधेयकमा छलफल गर्न तयार’
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न माग
सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले एक हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन सक्दैनन् ।
आज राष्ट्रिय शिक्षा दिवस
‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।
विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।
विज्ञान–प्रविधिको महत्त्व उच्च
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अत्याधुनिक प्रविधिसहितको सामाजिक–आर्थिक विकास, जलवायु परिवर्तन तथा महामारीजन्य अन्य जोखिमसँग लड्न विज्ञान तथा प्रविधिको महत्व उच्च रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनको असरसँग जुध्न नेतृत्वदायी भूमिकाको आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गर्नुभएको छ । जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसिल फ्युल फ्युचर) द्वारा अमेरिकाको वासिङ्टनमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थितिको गाम्भीर्यतालाई दृष्टिगत गर्दै भावी पुस्ताका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढ्नुपर्ने चुनौती देखापरेको बताउनुभयो । उहाँले जैविक ऊर्जा विस्थापनका लागि प्रक्रियागत रणनीतिबारे अति कम विकसित देशको अध्यक्षका हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको राससले जनाएको छ ।
यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् । पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू यस प्रकार छन् :
माओवादी केन्द्रको नाम परिवर्तन गर्ने तयारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ। माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो। गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ।
कम उमेरमा आमा बन्दै
‘बिहेबारी, बिस वर्ष पारि’ भन्ने नारा र ऐन, कानुन भए पनि बैतडीमा २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्या बढ्दो छ । बैतडीमा मात्र वार्षिक चार सय किशोरीले २० वर्ष नपुगी सन्तान जन्माएर आमा बनेका छन् । बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले काम गरेको दाबी गरे पनि बैतडीमा बालविवाह रोकिएको छैन । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४१५, आर्थिक वर्ष २०७८/७९ मा ३८७ र २०७९/८० मा ३२३ जना किशोरी आमा बनेका छन् ।
संयुक्त राष्ट्र संघमा अल्पविकसित देशका पक्षमा प्रधानमन्त्री प्रचण्डको आह्वान
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ।
अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने
गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ। जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन।
सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
एसडीजी समिटमा राष्ट्र संघका महासचिवको सम्बोधन
संयुक्त राष्ट्र संघको सभा हलमा आयोजित एसडीजी समिटलाई सम्बोधन गर्नुहुँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज
नेपाल र चीन घनिष्ठ मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ ।
राज्यले धार्मिक आस्थाअनुसार शिक्षा पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ।