दुर्घटनामा एकको मृत्यु, तीन घाइते
सर्लाहीको बागमती नगरपालिका–८, गाजल चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दरबन्दीबिना चलेको विशिष्टीकृत क्यान्सर अस्पताल
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको भएपनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन ।
झापामा डेंगु सङ्क्रमित महिलाको मृत्यु
दुई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ ।
ताल तलैयाको भण्डार डोल्पा
शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको डोल्पामा फेरि नयाँ ताल भेटिएको छ । पछिल्लो समय स्थानीयहरू नै ताल पहिचानमा सक्रिय हुन थाले छन् । खोज अनुसन्धान र प्रचारप्रसारको अभावमा बाहिर आउन नसकेर ओझेलमा रहेका पर्यटकीय सम्पदाहरू यत्तिखेर सूचना प्रविधिको विस्तारसँगै सार्वजनिक हुन थालेका छन् ।
आदमघाट–मिलनटार सडक कालोपत्रे गर्न सुरु
धादिङको आदमघाटबाट किराञ्चोक जाने एक मात्र सडक आदमघाट–मिलटार सडक कालोपत्रे गर्न सुरु भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८० साल असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको हो। नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपियाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित ४.२ किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेको कम्पनीका प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सम्झौता अनुसार २०८१ साल मङ्सिर १८ गते सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुने छ । काम गर्न अवरोध नआएमा, निर्माण सामग्री सहज अवस्थामा उपलब्ध भएमा तोकिएको समयमै काम सक्ने उहाँले बताउनुभयो ।
सुन तस्करी प्रकरण : पचास जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। सिनामङ्गलबाट बरामद भएको ६० केजी सुन तस्करी र त्यससँग जोडिएका अरू घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा त्यस्तो सिफारिस गरिएको हो।
नेपालको हवाई सुरक्षा मूल्याङ्कन सुरु
नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ।
तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु
लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हराइरहेका छन्। आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो। विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ
राहत शिक्षकलाई राहत दिने विधेयक
राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ। बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति गरिने छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमा सो प्रावधान प्रस्ताव गरिएको हो।
समृद्धि हासिल गर्न सरकारले दीर्घकालीन लक्ष्य तय गरेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारले दीर्घकालीन सोच तय गरेको बताउनुभएको छ।
निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त नेम्वाङ
हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानुन निर्माणका क्रममा व्यस्त रहनुभएको थियो ।
प्रदेशको अधिकार स्थापित गर्न सर्वोच्च जाने निर्णय
बागमती प्रदेश सरकार प्रदेशको अधिकार स्थापित गर्न सर्वोच्च अदालत जाने भएको छ ।
तनहुँ जलविद्युत आयोजनाको काम ४३ प्रतिशत सम्पन्न
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कार्य निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको छ ।
संविधान दिवस : राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाइने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ ।
बिओपी स्थापनाको माग गर्दै ध्यानाकर्षण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो र छेकेम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना कार्य छिटै अघि बढाउन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।
महिलाले सञ्चालन गरेको सहकारीबाट जुत्ता उत्पादन
कोहलपुर नगरपालिका–५, शान्तिनगरस्थित नवकालिका लघुउद्यम प्रवर्धन सहकारी संस्था लिमिटेडले जुत्ता उत्पादन सुरु गरेको छ ।
लगानी अभिवृद्धि नै मुख्य लक्ष्य : प्रधानमन्त्री
लगानी बोर्डले यसै सातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबिच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरू देखिरहेका छौँ ।
एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो ।
एक वर्षमा २९ हजार क्यान्सर बिरामीको उपचार
बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।
कांग्रेस नवलपरासीका संस्थापक सभापतिको निधन
नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवम् प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको गएराति निधन भएको छ ।
नातिकाजी साँझ सम्पन्न
नेपाली आधुनिक सङ्गीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित नातिकाजी सङ्गीत श्रवण साँझ–२०८० सम्पन्न भएको छ ।
महिला प्रमुख प्रशासकीय अधिकृत लामालाई गाउँपालिकामा स्वागत
जिल्ला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले आफ्नो कार्य क्षेत्रमा पुगेर कार्यभार सम्हाल्नु भएको छ । कार्य क्षेत्र सर्केगार्ड गाउँपालिकामा तोकिएपछि प्रशासकीय अधिकृत लामा गाउँपालिका केन्द्र पुगेर आफ्नो कामको जिम्मा लिनु भएको हो ।
‘माथिल्लो त्रिशूली–१’ जलविद्युत्को शिलान्यास
कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा औपचारिक शिलान्यास गर्नुभएको हो ।
‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”