द्रुत मार्गमा चौबिसै घण्टा काम
काठमाडौँ–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्धारित समयमा पूरा गर्न नेपाली सेनाले चौबिसै घण्टा काम गर्ने तयारी गरेको छ। नेपाली सेनाले विशेष पत्रकार सम्मेलनमा २०८३ चैतभित्र आयोजना निर्माणको काम पूरा गर्न आवश्यक परे सेनाले दिन रात गरी तीन चरणमा काम गरिने जानकारी गराएको हो।
मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन
नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलले अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन दर्ता गरेका हुन् । विधेयकको संशोधनको समयसीमामा कुल ५५ संशोधन दर्ता भएका छन् ।
मार्गदर्शक नेताको अवसान
२०७२ भदौ अन्तिमतिर संविधानको मस्यौदा विधेयक पारित भइरहँदा सभाबाहिर अनेक चर्चा चले । ‘संविधान जारी नहुने, राष्ट्रपति अनावरणमा उपस्थित नहुने, विदेशी शक्तिले संविधान जारी गर्न नदिने’ यस्तै यस्तै हल्ला थिए । यी चर्चाले नागरिकलाई मात्र हैन, संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई पनि पिरोलेको थियो । त्यसपछि राजनीतिक सहमतिमा नेम्वाङले निकाल्नुभएको उपाय थियो– विधेयक पारितकै दिन संविधान जारीको घोषणा सभाबाट गर्ने । नेम्वाङकै उपाय अनुसार नै २०७२ भदौ ३० गते नै संविधान सभाले असोज ३ गते संविधान जारीको घोषणा गरेको थियो । जसको अन्तर्य विभिन्न आवरणमा संविधान जारी रोक्नबाट भइरहेको प्रयत्नको निस्तेज पार्नु थियो ।
भूतपूर्व गोर्खाहरुको समस्या समाधानमा बेलायत सकारात्मक
गोरखाहरू सेवा निवृत्त हुँदा १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई बेलायतको आवासीय भिसा दिने सम्बन्धमा संयुक्त अधिराज्य (बेलायत) सकारात्मक देखिएको छ ।
नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
धनगढीमा तेस्रो हार्डवेयर एक्सपो हुँदै
कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो आयोजना हुनेभएको छ । हार्डवेयरको व्यापार प्रवर्धन र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हार्डवेयर एक्सपो आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
खानेपानी धाराका लागि पाइप वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुको बिपुधाप टोलका बासिन्दालाई पाइप वितरण गरिएको छ । पानीको समस्या रहेको बिपुधाप टोलमा खानेपानी व्यवस्थाका लागि गाउँपालिकाले पाइप वितरण गरेको हो ।
देशले नदेखेको नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
बसपार्क निर्माणका लागि आएको बजेट फिर्ता
पहिलो पटक निर्माण हुन लागेको सिमकोट गाउँपालिका– ५ को मैनागाडामा निर्माण सुरु भएको मिनी बसपार्कको काम अधुरो नै छ भने आएको बजेट फिर्ता समेत भएको छ ।
पार्टी कार्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जली
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।
प्रदेश सभा सदस्य विन्दु यादवको निधन
मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको मंगलबार बिहान ८ बजेर १५ मिनेट जाँदा जनकपुरधामको प्रादेशिक अस्पतालमा निधन भएको छ। सर्लाही निवासी ४५ वर्षीया यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहनुभएको थियो।
नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले आफू अत्यन्तै मर्माहत र स्तब्ध रहेको बताउनुभएको छ।
अध्यागमन विभागको महानिर्देशकमा तामाङ
अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरिएको छ । तामाङ यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएपछि रिक्त रहेको पदमा तामाङको सरुवा गरिएको हो ।
जलवायु परिवर्तन सम्मेलनमा नेपाल, क्षति भरणमा केन्द्रित
विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्दै कार्बन उत्सर्जन घटाउने मुख्य उद्देश्यसाथ आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) हुँदै छ । नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्ने सम्मेलन दिगो विकासको लक्ष्यमा हरित उत्थानशील विकासलाई प्रोत्साहित गर्ने र कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनले उत्पन्न गराएको हानि नोक्सानीको भरणपोषणको कार्यान्वयनमा केन्द्रित हुने छ ।
अझै सञ्चालन भएन सुधारगृहको विद्यालय
सहकर्मीको मृत्युपछि बाल सुधारगृह तोडेर भागेका बालबन्दी सुधारगृहमा फर्किए पनि बाल सुधारगृह पूर्ववत् सञ्चालन हुन सकेको छैन । सुधारगृहमै खाने, बस्ने, खेल्ने, पढ्नेलगायतका सुविधा सरकारले उलब्ध गराउँदै आएको भए पनि भदौ ४ गतेको घटनामा डेक्सबेन्च पूर्ण रूपमा क्षति भएकाले बालगृह सञ्चालन हुन नसकेको हो । सुधारगृहमा रहेका एक जना सहकर्मीको मृत्यु लापरबाहीका कारण भएको भन्दै सुधारगृहमा रहेका बालबालिकाले सानो ठिमीमा रहेको सुधारगृह तोडफोड गरेका थिए । उक्त घटनामा २११ जना सुधारगृहबाट भागेका थिए ।
सत्र जनप्रतिनिधि रिक्त
गत स्थानीय निर्वाचन सम्पन्न भएयता हालसम्म १७ वटा वडा नेतृत्वविहीन भएका छन् । कुल २१ वटा जनप्रतिनिधिको पद रिक्त रहेकामा १७ वडाध्यक्ष, एक एक वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, एक जिल्ला समन्वय समितिका प्रमुख र एक प्रदेश सभा सदस्यको पद छ । सबैभन्दा बढी नेपाली कांग्रेसबाट निर्वाचित १२ जनप्रतिनिधिको पद रिक्त छ । संवैधानिक र कानुनी व्यवस्थाबमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले रिक्त रहेको पदका लागि उपनिर्वाचनको मिति घोषणा गर्ने छ । संविधानको धारा २१५ मा अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने उल्लेख छ ।
सङ्घमा आउने बाटो बन्द गर्दै विधेयक
कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित हुने भएका छन्। कर्मचारी समायोजनका क्रममा सङ्घमा सम्बन्धित सेवा, समूह र पदको दरबन्दी हुँदाहुँदै सरकारले तत्काल दरबन्दी लुकाई सम्बन्धित कर्मचारीलाई जानकारी नै नदिई प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएको गुनासो त्यस्ता कर्मचारीले गर्दै आएका छन्।
गोरखाका यातायात व्यवसायी विरोधमा
गोरखाका सबै सडकमा खुलेआम रातो प्लेटको गाडीले यात्रु बोक्न थालेपछि यातायात ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । आफनो ब्यक्तिगत प्रायोजनमा लिएका गाडीले धमाधम यात्रु बोक्न थालेपछि जिल्लामा रहेका यातायात व्यवसायीहरु विरोधमा उत्रेका हुन् ।
झेर्दिमा दूध संकलन केन्द्र स्थापना
गुल्मीको छ्त्रकोट गाउँपालिका –१, हुँगा झेर्दिमा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको सो संकलन केन्द्रको एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले बैङ्किङ कसुरका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
गौहत्या नियन्त्रणको माग गर्दै सद्भाव र्याली
धार्मिक सहिष्णुता कायम राख्दै गौहत्या र गौतस्करीको नियन्त्रणको मागसहित झापाको दमकमा शान्तिपूर्ण सद्भाव र्याली प्रदर्शन गरिएको छ । ओमकार परिवारको नाममा आइतबार अपरान्ह दमक र्याली ले नगर परिक्रमा गरेको थियो ।
डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे
पाल्पामा डेङ्गु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जना बिरामी डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
इखाबुका पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।