समतामुलक समाजका लागि छुवाछूत अन्त्य हुनुपर्छ : मुख्य सचेतक दास
नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
बाल क्यान्सरको उपचार सेवा सुरु गरिदैँ
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही दिनमै बाल क्यान्सरको उपचार सेवा सुरु गरिने भएको छ ।
बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा
जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
प्रज्ञा–प्रतिष्ठानमा सुनुवार भाषा, साहित्य र सौन्दर्यबारे विमर्श
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत दोस्रोपटक ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभा कक्षमा सम्पन्न भयो ।
टयाक्टर दुर्घटनामा चार गम्भीर घाइते
गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।
चौबिस दलले मात्र बुझाए जरिबाना
लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने, प्रतिवेदन समयमा नबुझाउँदा स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ पेस नगर्ने दललाई जरिबाना तोकेको थियो।
सवारीचालक अनुमतिपत्र पाउन अन्योल
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी सङ्ख्या १२ लाख पुग्ने देखिन्छ ।
निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताउनु भएको छ ।
इन्फ्लुएन्जाबाट सावधान रहन चिकित्सकको सुझाव
बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकित्सकले सुझाव दिएका छन् ।
विवाद भएपछि एक महिनामा सपथ
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार सपथग्रहण गराइ प्रमाणपत्र प्रदान गरिएको छ । भदौं २ गते सङ्घको निर्वाचन अन्तर्गत मतदान भएकोमा भदौं ४ गते मत गणना सम्पन्न भएको हो ।
‘सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्छ’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
तम्घासमा योग प्रशिक्षणको तयारी
पतञ्जली योग समिति गुल्मीले योग प्रशिक्षक तयार पार्ने उद्देश्यले योग प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । ‘घर–घरमा योग जन–जनमा योग’ भन्ने मुख्य नाराका साथ सदरमुकाम तम्घासमा ११० घण्टा भौतिक योग कक्षा सञ्चालन गर्न लागिएको पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
गैंडाको आक्रमणबाट महिलाको मृत्यु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गरी आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैंडाको आक्रमबाट बेलडाँडी नगरपालिका –२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो ।
बाढीले बगरमा परिणत हुँदै कुतियाकबर
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार वि.सं. २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो ।
छोराको कुटपिटले बाबुको मृत्यु
दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका –५ दलजितपुरमा २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
हरित रोजगारी सिर्जना परियोजनामा प्रतिबद्धता
पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली जनप्रतिनिधि रोकेकोमा माफी मागियो
व्यास गाउँपालिका–१, तिङ्करस्थित चीनसँगको सीमा क्षेत्र छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटनको कार्यक्रममा गत साता सहभागी हुन गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फर्काइदिएकोमा माफी मागिएको छ । सशस्त्र प्रहरी बलले गत शुक्रबार दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ११२ किलोमिटर उत्तरतर्फ तिङ्करमा स्थापना गरिएको नयाँ बिओपी उद्घाटनका लागि स्थानीय जनप्रतिनिधिलाई आमन्त्रण गरेको थियो । त्यहाँ जान लागेका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी र विद्यार्थी नेता दीपक खातीलाई एसएसबीले तिङ्करबाट फर्काइएको थियो । सुरक्षाकर्मीहरूलाई भने जान दिइएको थियो ।
पशुपति गौशाला धर्मशालामुक्त गर्न बाटो खुला
मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गरेको सम्झौता खारेजीको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको छ। काठमाडौँ जिल्ला अदालतले निर्णय कार्यान्वयन नगर्न यसअघि जारी भएको अन्तरकालीन आदेश भदौ २५ गते खारेज गरेसँगै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिको कब्जाबाट मुक्त हुने भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले पशुपति क्षेत्र विकास कोषविरुद्ध मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै सम्झौता खारेजी कार्यान्वयन नगर्न साउन २९ गते जारी अल्पकालीन अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको हो।
पूरा हुने क्रममा गोर्खा सैनिकका माग
“हाम्रो नाममा ब्रिटिस सरकारले एउटा सिपाही बराबर चार सय डलर लिन्थ्यो तर गोर्खा सैनिकले मात्र एक सय डलर बराबरको खर्च पाउँथे । पेन्सनमा पनि त्यस्तै विभेद थियो ।” यो कुरा बताइरहँदा भूतपूर्व गोर्खा सैनिक वयोवृद्ध ७७ वर्षीय डम्बरबहादुर लिम्बू तुम्बाहाम्फेको शिर निहुरियो ।
बढाऔँ बालबालिकामा लगानी
बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै देशका कर्णाधार बनाउन लगानी पनि चाहिन्छ तर सङ्घीयताको कार्यान्वयनसँग बाल अधिकारका पक्ष स्थानीय तहमा सरेको छ । त्यसरी सर्दा बालबालिकामा हुने लगानी खुम्चिएको अनुभव गरिएको छ । बालबालिकाका लागि पालिकाले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बाल अधिकार नै सङ्कुचित बन्दै गएको छ । त्यही भएर यस वर्ष मनाइने ५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको नारा नै ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ तय गरी बालबालिकाका लागि लगानी बढाउन पहल थालिएको छ । हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले पछिल्लो पटक तीनै तहका सरकारबाट बा
शालीन राजनीतिज्ञ नेम्वाङको पशुपतिमा अन्त्येष्टि
शालीन राजनीतिका एक पर्याय सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
टिंकरमा सशस्त्रको बिओपी स्थापना
दार्चुलाको व्याँस गाउँपालिका –१ टिंकरस्थित चीनसँगको सीमाक्षेत्र छायालेकमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ ।
सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः अध्यक्ष ओली
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ।
सडक ढलान भएसँगै बजार व्यवस्थित
नेपाल र चीनको सिमाना रहेको हिल्साको नेपालपट्टी सडक पक्की ढलान गरिएको छ । हिल्सा बजारक्षेत्रको धुलाम्मे सडकलाई सघन सहरी विकास कार्यालयले सडकलाई पक्की ढलान गरेको हो ।